काठमाडौँका नगर प्रहरी प्रमुख पाण्डेमाथि छानबिन गर्न समिति गठन « प्रशासन
Logo १८ बैशाख २०८१, मंगलबार
   

काठमाडौँका नगर प्रहरी प्रमुख पाण्डेमाथि छानबिन गर्न समिति गठन


१४ पुस २०७९, बिहिबार


काठमाडौँ । काठमाडौँ महानगरपालिकाले महिला प्रहरीलाई दुर्व्यवहार गरेको आरोप लागेका नगर प्रहरी प्रमुख राजुनाथ पाण्डेमाथि छानबिन गर्न तीन सदस्यीय समिति गठन गरेको छ।

प्रहरी हवल्दार गङ्गा उप्रेतीले आफूलाई सुत्केरी हुँदा पाण्डेले दुर्व्यवहार गरेको भन्दै उजुरी दिएपछि त्यसबारे छानबिन गर्न तीन सदस्यीय समिति गठन गरिएको महानगरका प्रमुख प्रशासकीय अधिकृत वसन्त अधिकारीले जानकारी दिए।

उक्त छानबिन समितिको संयोजकमा सामाजिक विकास विभागका प्रमुख गोपालप्रसाद पोखरेल छन् भने न्याय प्रशासन विभागकी सुमित्रा लामिछाने र सहरी योजना आयोगकी उपनिर्देशक सरिता कुमारी राई सदस्य छिन्।

गङ्गाले आफूलाई दुर्व्यवहार गरेको भन्दै मंसिर ९ गते प्रमुख प्रशासकीय अधिकृत अधिकारी र त्यसको केही समयपछि उपमेयर सुनिता डङ्गोलसमक्ष निवेदन दिएकी थिइन्।

त्यसपछि महानगरपालिकाले मंसिर १९ गते पाण्डेसँग स्पष्टीकरण सोधेको थियो। उनले पुस ५ मा मात्रै स्पष्टीकरण बुझाएका थिए।

Tags :
प्रतिक्रिया दिनुहोस