२२ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रचण्डले माधवलाई भने : हतारमा ओलीसँगको छलफलमा खबर गर्न पाइएन गल्ती भयो

अ+ अ-

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारलाई समर्थन गर्न नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई प्रस्ताव गरेका छन्।

प्रधानमन्त्री प्रचण्डले बुधबार बिहान अध्यक्ष नेपालसँग भेट गर्दै सरकारलाई समर्थन गर्न आग्रह गरेका हुन्।

भेटमा प्रचण्डले गत पुस १० गते बालुवाटारबाट बाहिरिने क्रममा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको बालकोटस्थित निवासको छलफलमा जाऔँ नभन्नु आफ्नो गल्ती भएको बताएका छन्।

आजको भेटमा पनि अध्यक्ष नेपालले बालकोट जाँदा आफूसँग छलफल नगरिएकोमा गुनासो गरेका थिए।

‘प्रचण्ड जीलाई मैले ओलीसँग छलफलमा जाऔँ भन्ने तर निस्कने बेला खबर नगर्ने ? यो रवैयाबाट म असन्तुष्ट छु भनेँ,’ अध्यक्ष नेपालले प्रचण्डसँगको भेटवार्तामा भने, ‘हतारमा भन्न पाइएन। यसमा मेरो गल्ती भयो भनेर प्रचण्डले भन्नुभयो।’

नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले पहिलो कार्यकाल प्रधानमन्त्री दिन अस्वीकार गरेपछि नयाँ विकल्पका लागि एमाले अध्यक्ष ओलीसँग दुई जनाले सँगै छलफल गर्नुपर्ने प्रस्ताव प्रचण्ड आफैँले नेपाललाई गरेका थिए।

आइतबार बालुवाटारबाट बाहिरिने क्रममा प्रचण्डले जाऔँ सम्म नभनेपछि अध्यक्ष नेपालले प्रचण्डले ‘खोलो तर्‍यो लौरो बिर्सियो झैँ गरेको’ टिप्पणी गरेका थिए।

ललितपुरको हात्तिवनमा भएको भेटवार्तामा प्रचण्डले सरकारलाई समर्थनबारे प्रस्ताव राखेको नेपालले बताए।

‘उहाँले वर्तमान समीकरण र सरकारबारे मेरो धारणा माग गर्नुभयो। मैले यो सरकारलाई नकारात्मक दृष्टिकोणले हेर्नुपर्ने कुनै कारण नरहेको बताएँ,’ उनले भने।

अध्यक्ष नेपालले सरकारलाई हेर्ने नजर नकारात्मक नभएको बताएपछि समर्थनका लागि ढिलाइ नगर्न प्रचण्डले आग्रह गरेका थिए। ‘सरकारलाई हेर्ने नजर सकारात्मक हो भने मलाई समर्थन गर्नुस्। हतारमा मैले तपाईँलाई खबर गर्न सकिनँ यसलाई मनमा नलिनुस्,’ प्रधानमन्त्री प्रचण्डले अध्यक्ष नेपालसँग भने।

यो प्रस्ताव पार्टीको औपचारिक बैठकमा लगेर निर्णय लिने अध्यक्ष नेपालले बताएका थिए।

‘तपाईँको प्रस्तावलाई म पार्टीको औपचारिक बैठकमा राख्नेछु। त्यहाँ के सुझाव आउँछ त्यसपछि अघि बढौँला। तपाईँले पनि ठोस प्रस्ताव राख्नुपर्‍यो,’ प्रधानमन्त्री प्रचण्डलाई दिएको जवाफबारे नेपालले भने।

सरकारलाई समर्थनका लागि समाजवादी अझै पनि पर्ख र हेरको नीतिमा रहेको उनले बताए।

शक्ति बाँडफाँटमा सम्मानजनक प्रस्ताव आए के गर्ने भन्ने प्रश्नमा अध्यक्ष नेपालले भने, ‘पदका लागि कुद्दै जाने पार्टी हामी होइनौँ। पार्टीको आफ्नो स्वाभिमान हुन्छ। प्रचण्ड जीको ठोस प्रस्ताव अझै आउनुपर्छ,’ उनले भने।

अध्यक्ष नेपालले वर्तमान राजनीतिक घटनाक्रमबारे एमाले अध्यक्ष ओलीसँग छलफलका लागि आफू सकारात्मक नै रहेको बताए।

‘मैले त केपीजीलाई निवासमा स्वागत गर्छु भनेकै थिएँ। उहाँले तपाईँलाई भेट्छु भनेर भन्नुभएको छैन, त्यो खबर मैले पाएको छैन,’ नेपालले भने।

प्रतिक्रिया दिनुहोस