मध्य सोलु जलविद्युत् आयोजनाको उपकरण परीक्षण सफल « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

मध्य सोलु जलविद्युत् आयोजनाको उपकरण परीक्षण सफल


२० मंसिर २०७९, मंगलबार


काठमाडौँ । सोलुखोलामा निर्माण सम्पन्न मध्य सोलुखोला जलविद्युत् आयोजनाको उपकरण परीक्षण तथा चार्जिङ कार्य सफल भएको छ । 

सोमवार र आज (मङ्गलवार) गरिएको विद्युतीय उपकरण परीक्षण तथा चार्जिङको काम सफल भएको आयोजनाले जनाएको छ । २०७७ असोजमा निर्माण सुरु भएको ९.५ मेगावाट क्षमताको आयोजनाले पावर हाउसदेखि खोरिया हुँदै सोलु कोरिडोरको सबस्टेशन तिङलासम्मको १३२ केभी प्रसारण लाइन परीक्षण तथा चार्जिङको काम गरेको मिड सोलु हाइड्रोपावर लिमिटेडका निर्देशक माधव मैनालीले जानकारी दिए । 

परीक्षणको काम सफल भएकाले आउँदो बिहीवार नेपाल विद्युत् प्राधिकरणबाट आउने प्राविधिकले निरीक्षण गरेपछि बिजुली उत्पादन सुरु गर्ने आयोजनाका इलेक्ट्रिकल इन्जिनियर अनीश खड्काले बताए ।

मध्य सोलु खोला आयोजनाबाट उत्पादित विद्युत् १३२ केभी क्षमताको आठ किलोमिटर लामो प्रसारण लाइनमार्फत नेपाल विद्युत् प्राधिकरणको तिङ्गला सबस्टेशनमा जोडिएको छ । दुई वर्षमै निर्माण सम्पन्न भएको अयोजनाका विद्युत् गृह सोलुदुधकुण्ड नगरपालिका ६ दोर्पुमा रहेको छ । परियोजनाको निर्माण लागत झन्डै दुई अर्ब रुपैयाँ रहेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस