उपमहानगरको कार्यालयमा तालाबन्दी, अधिकृतसहितका कर्मचारी कार्यालयभित्रै थुनिए « प्रशासन
Logo १८ बैशाख २०८१, मंगलबार
   

उपमहानगरको कार्यालयमा तालाबन्दी, अधिकृतसहितका कर्मचारी कार्यालयभित्रै थुनिए


१५ मंसिर २०७९, बिहिबार


दाङ । मेला महोत्सव रोक्न माग गर्दै तुलसीपुर उद्योग वाणिज्य सङ्घले तुलसीपुर उपमहानगरपालिकाको कार्यालयमा तालाबन्दी गरेको छ ।

युथ्स अफ तुलसीपुरको आयोजनामा बिहीबार सुरु भएको महोत्सवको विरोध गर्दै सङ्घले तुलसीपुर उपमहानगरपालिकाको मूल गेट, मेयर र प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्षमा बिहीबार बिहान ११ बजे तालाबन्दी गरेको हो ।

प्रमुख प्रशासकीय अधिकृत मोहन पौडेलसहितका केही कर्मचारी कार्यालयभित्र थुनिएका छन् । तुलसीपुर उद्योग वाणिज्य सङ्घका अध्यक्ष रामप्रसाद चालिसेले कोरोनाले व्यापार व्यवसाय थलिएको बेला मेला महोत्सव गर्न नमिल्ने बताए ।

उनले अहिले महोत्सव गर्ने उपयुक्त समय नभएको भन्दै महोत्सवको विरोधमा कार्यालयमा तालाबन्दी गरेको बताए । मेला महोत्सव नरोकेसम्म आफूहरूको आन्दोलन जारी रहने उनको अडान छ ।

उद्योग वाणिज्य सङ्घले महोत्सवको विरोधमा बुधबार पनि तुलसीपुर बजार ठप्प पारेको थियो । जिल्ला प्रशासन कार्यालय दाङले मंसिर ९ गते नै मेला महोत्सव रोक्न भन्दै निर्देशन जारी गरेको थियो ।

यता, महोत्सव आयोजक संस्था युथ्स् अफ तुलसीपुरका अध्यक्ष अरुण लहरेले भने महोत्सव जारी रहने बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस