कस्तो छ आजको मौसम ? « प्रशासन
Logo १८ बैशाख २०८१, मंगलबार
   

कस्तो छ आजको मौसम ?


४ मंसिर २०७९, आइतबार


काठमार्डाैँ । हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले प्रदेश १ र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतः सफा रहेको छ।

आज दिउँसो प्रदेश १ र गण्डकी प्रदेशका हिमाली भू–भागका एक वा दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ। अन्यत्र मौसम सामान्यतः सफा रहनेछ।

देशभर तापक्रम क्रमिक रूपमा घट्दै जाने सम्भावना रहेको हुनाले चिसोबाट बच्न आवश्यक सावधानी अपनाउनुहुन महाशाखाले अनुरोध गरेको छ।

Tags :
प्रतिक्रिया दिनुहोस