राखेपका सदस्यसचिव घिसिङलाई आयोगले माग्यो स्पष्टीकरण « प्रशासन
Logo ५ जेष्ठ २०८१, शनिबार
   

राखेपका सदस्यसचिव घिसिङलाई आयोगले माग्यो स्पष्टीकरण


३० कार्तिक २०७९, बुधबार


काठमाडौँ । निर्वाचन आयोगले राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव टंकलाल घिसिङसँग स्पष्टीकरण मागेको छ। नेकपा माओवादी केन्द्रको चुनावी प्रचारप्रसारमा संलग्न भएको भन्दै आयोगले घिसिङसँग स्पष्टीकरण मागेको हो।

निर्वाचन आचारसंहिता अनुसार नेपाल सरकार, प्रदेश सरकार र स्थानीय तह अन्तर्गतका निकाय, अर्धसरकारी तथा सार्वजनिक संस्था र सोमा कार्यरत कर्मचारीले कुनै राजनीतिक दल वा उम्मेदवारको पक्ष वा विपक्षमा प्रचारप्रसारमा संलग्न हुन वा प्रचारप्रसार गर्न नहुने व्यवस्था छ । दलको प्रचारप्रसार गरेको ठहर भएमा आयोगले कारबाही गर्ने भएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस