राष्ट्रपति भण्डारी आइपुगिन् काठमाडौँ ! « प्रशासन
Logo ६ जेष्ठ २०८१, आइतबार
   

राष्ट्रपति भण्डारी आइपुगिन् काठमाडौँ !


२६ कार्तिक २०७९, शनिबार


काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारी आज (शनिबार) नेपाल फर्किएकी छन् ।

आइसल्यान्डको औपचारिक भ्रमणमा रहेकी राष्ट्रपति भण्डारी आज स्वदेश फर्किएकी हुन् । महिला राजनीतिज्ञको विश्वव्यापी सञ्जाल ‘वुमन पोलिटिकल लिडर्स’ (डब्लुपीएल) कार्यक्रममा सहभागी हुन यही कात्तिक २१ गते आइसल्यान्ड गएकी राष्ट्रपति भण्डारी आज काठमाडौँ फर्किएकी हुन् ।

आइसल्यान्डको राजधानी रेक्याभिकमा आयोजना भएको ‘रेक्याभिक ग्लोबल फोरम’ (वुमन लिडर्स) मा उनले विशेष सम्बोधनसमेत गरेकी थिइन्। साथै उनले ‘वुमन पोलिटिकल ट्रेलब्लेजर अवार्ड’समेत ग्रहण गरेकी थिइन्।

राष्ट्रपति भण्डारी शुक्रबार आइसल्यान्डबाट नर्वेको राजधानी ओस्लो र कतारको राजधानी दोहा हुँदै आज काठमाडौँ आइपुगेकी हुन् ।

Tags :
प्रतिक्रिया दिनुहोस