काठमाडौँ । नेपाल पशु चिकित्सा परिषद्ले यस अघि भौतिक रूपमा दिँदै आएको सबै सेवाहरू अनलाइनबाट प्रदान गर्ने गरी Veterinary Council Online Service (VCOS) नामक अनलाइन सेवा सुचारु गरेको छ ।
परिषद्का दर्तावाल पशु चिकित्सक तथा अन्य सबै सेवाग्राहीहरुले लिने सेवा घरबाटै लिन सक्ने गरी यो प्रणाली विकास गरिएको परिषद् स्रोतले जनाएको छ ।
नेपाल पशु चिकित्सा परिषद्को नागरिक बडापत्रमा उल्लेखित पशु चिकित्सकको नाम दर्ता, लाईसेन्सिङ्ग परीक्षाको आवेदन, आवधिक दर्ता, विशेषज्ञ दर्ता, इथिकल एप्रुभल, नो अब्जेक्सन लेटर, परिचय पत्र लगायतका सम्पूर्ण सेवाहरू प्राप्त गर्न सकिनेछ ।
विद्युतीय कारोबार नियमावली, २०६४ को नियम ३७ बमोजिम परिषद्ले यो सूचना प्रकाशन गरी कार्यान्वयनमा ल्याएको हो ।
नेपालमा परिषद्हरूले लिने लाईसेन्सीङ्ग परीक्षालाई नेपाल पशु चिकित्सा परिषद्ले आधा घण्टा भित्र नै नतिजा प्रकाशन गर्ने गरी कम्प्यूटर वेस्ट परीक्षा सञ्चालन गर्दै आइरहेको छ ।
