काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता रवीन्द्र मिश्र काठमाडौँ-१ का प्रतिनिधिसभा सदस्य उम्मेदवार हुन् । उनी यति बेला आफ्नो निर्वाचन क्षेत्रमा घरदैलोमा व्यस्त छन् ।
बुधबार बिहान उनी भोट माग्दै नयाँ बानेश्वरस्थित अभिनेत्री झरना थापाको निवासमा पुगे । जहाँ उनको भेट झरना, सुहाना थापा र सुनिलकुमार थापासँग भयो । थापा परिवार फिल्म निर्माणमा संलग्न छ ।
पछिल्लो छिमलकी अभिनेत्री सुहाना राजनीतिक विषयवस्तुमा समेत चासो राख्छिन् । सुहानासँगको भेटपछि सामाजिक सञ्जालबाट उम्मेदवार मिश्रले तस्बिर सेयर गरेका छन् ।
सुहानासँगको भेटपछि रवीन्द्र लेख्छन्, ‘आफ्नै निर्वाचन क्षेत्रकी चर्चित अभिनेत्री सुहाना थापासँग एक क्लिक । सुहानाजीको पुस्ताको लागि यो देश बस्न योग्य बनाउन सकियो भने यो ‘दिल’ खुसी हुनेछ । नत्र त यो देश वृद्धाश्रम हुन लाग्यो, जहाँ नेताहरू खुसी र जनता सधैँ दुःखी हुने भए ।’
मिश्रले सुहानालाई आफू लिखित पुस्तक ‘विचारभन्दा माथि देश’ उपहार पनि दिएका छन् ।