इजरायलमा नेतान्याहु छैटौँ पटक प्रधानमन्त्री बन्दै « प्रशासन
Logo १८ बैशाख २०८१, मंगलबार
   

इजरायलमा नेतान्याहु छैटौँ पटक प्रधानमन्त्री बन्दै


१७ कार्तिक २०७९, बिहिबार


इजरायल । इजरायलमा बेन्जामिन नेतान्याहु पुन: प्रधानमन्त्री बन्ने पक्का जस्तै भएको छ । संसदीय निर्वाचनको प्रारम्भिक परिणामअनुसार नेतान्याहुको लिकुड पार्टीले बहुमत हासिल गरेको छ ।

परिणामको औपचारिक घोषणा हुन बाँकि रहेको छ । बहुमत पाएसँगै ७३ वर्षका नेता बेन्जामिन नेतान्याहु छैटौँ पटक प्रधानमन्त्री बन्ने भएका छन् । नेतान्याहु इजरायलको ७४ वर्षे इतिहासमा सबैभन्दा धेरै पटक प्रधानमन्त्री बन्ने व्यक्ति पनि बन्नेछन् ।

२०२१ को जुन महिनामा बेन्जामिन नेतान्याहुले १२ वर्षपछि प्रधानमन्त्रीको कुर्सी छाड्दा धेरै विज्ञहरूले यो उनको युगको अन्त्य र नयाँ युगको सुरुवात भएको बताएका थिए । तर नेतान्याहुले आफू फेरी फर्केर आउने वाचा गरेका थिए । अहिलेसम्मको चुनावी नतिजाले उनको बिदाइ छोटो समयका लागि भएको र बिदाइ भएको १६ महिनापछि उनी शानदार जितका साथ फिर्ता हुँदै छन् भन्ने देखाएको छ।

७३ वर्षीय लिकुड पार्टीका प्रमुखले आफ्ना वाम प्रतिद्वन्द्वी यार लापिडलाई पराजित गरेका छन् । नेतान्याहुको सफलताको पछाडि उनको छविले ठुलो योगदान गरेको छ । उनकै योजनाका कारण इजरायलले आफूलाई मध्य पूर्वका खतरनाक शक्तिहरूबाट सुरक्षित राखेको बुझिन्छ ।

उनी प्यालेस्टाइनको बारेमा धेरै कडा छन् र शान्ति वार्तामा कडा सुरक्षालाई प्राथमिकता दिएका छन्। उनले लामो समयदेखि इरानबाट हुने खतराबारे समेत चेतावनी र आवश्यक चुनौती दिँदै आएका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस