आचारसंहिता उल्लङ्घन नगर्न निर्वाचन अधिकृतको आग्रह « प्रशासन
Logo १८ बैशाख २०८१, मंगलबार
   

आचारसंहिता उल्लङ्घन नगर्न निर्वाचन अधिकृतको आग्रह


२ कार्तिक २०७९, बुधबार


काठमाडौँ । पर्साका चारवटै प्रतिनिधिसभा निर्वाचन क्षेत्रका निर्वाचन अधिकृतले अचार संहिता उल्लङ्घन नगर्न उम्मेदवारहरूलाई आग्रह गरेका छन् ।

बुधबार संयुक्त विज्ञप्ति जारी गरेर उनीहरूले निर्वाचन आचार संहिता उलङ्घन गरे कानुन बमोजिम कारबाही गर्ने चेतावनी दिएका छन् ।

मुख्य निर्वाचन अधिकृत विनोदकुमार पोखरेल, निर्वाचन अधिकृतहरू क्रमशः सुशील देवकोटा, योगनाथ ढकाल र रमेश श्रेष्ठले संयुक्त विज्ञप्ति जारी गर्दै त्यस्तो चेतावनी दिएका हुन् ।

निर्वाचन आयोगबाट तोकिएका अधिकृतलाई आचार संहिता विपरीत टाँस गरिएको पर्चा, पम्पलेट, ब्यानर, फ्लेक्स बोर्ड लगायत सामाग्री निकाल्न सघाउन सुरक्षा निकायलाई पनि उनीहरूले आग्रह गरेका छन् ।

मंसिर ४ गते भन्दा १७ दिन अगाडिबाट मात्र चुनाव सम्बन्धी सभा सम्मेलन, कोण सभा, एवं घरदैलो कार्यक्रम गर्न पाउने व्यवस्था स्मरण गराउँदै विज्ञप्तिमा अचार संहिता उल्लङ्घन नगर्न नगराउन भनिएको छ ।

आचारसंहिता उलङ्घन हुने गरी कुनै पनि कार्य नगर्नू भनी सम्बन्धित पार्टी एवं स्वतन्त्र उम्मेदवारलाई समेत जानकारी गराउने र अटेर गरे कानुनी कारबाहीका लागि लेखि पठाउने निर्णय यसअघि नै आचारसंहिता अनुगमन समितिबाट निर्णय भइसकेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस