२१ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

दशैँ बिदामा त्रिशूली अस्पतालमा ७ सय जनाको आकस्मिक उपचार

अ+ अ-

नुवाकोट । दशैँ पर्वको बिदा समयमा त्रिशूली अस्पताल नुवाकोटबाट करिब सात सय बिरामीले आकस्मिक स्वास्थ्योपचार सेवा लिएका छन् ।

अघिल्ला समयको चाडपर्वको भन्दा यस वर्षको दशैँ बिदामा दोब्बर बढी बिरामीले आकस्मिक उपचार सेवा लिएका छन् ।

अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. दीपेन्द्र पाण्डेका अनुसार अघिल्ला दुई वर्षको दशैँ पर्वमा कोरोना सङ्क्रमणको जोखिम रहेको समयमा समेत तीन सयको हाराहारीमा बिरामीले सेवा लिएका थिए । ‘यस समयमा सबैभन्दा बढी ज्वरो र डेङ्गुका बिरामी अस्पताल भर्ना भएका छन्’, उनले भने ।

दशैँ बिदामा ज्वरोका बिरामी २३०, डेङ्गुका १६२, सवारी दुर्घटनामा परेर घाइते भएका २५, कुकुरको टोकाइबाट घाइते भएका २०, झाडा बान्ता भएका १२, ग्यास्ट्रिक भएका १०, कुटपिटमा घाइते भएका ४ लगायतलाई अस्पतालले आकस्मिक सेवा उपलब्ध गराएको थियो । अस्पतालमा स्वास्थ्य जाँच तथा परीक्षणका लागि पुग्नेमध्ये १०० भन्दा बढीलाई भर्ना गरेर उपचार सेवा दिइएको अस्पतालका मेसु डा। पाण्डेले बताए ।

उनका अनुसार अस्पतालले दशैँ बिदाको समयमा बहिरङ्ग विभाग (ओपिडी) सेवा बन्द गरे पनि अन्य सेवा कायमै राखेको थियो । अन्य बिदाको समयमा बन्द गरिने साना–ठुला शल्यक्रिया, प्रयोगशाला, भिडियो एक्सरे, रक्तसञ्चारलगायतका सेवा दसैँ बिदाको समयमा भने निरन्तरता दिइएको थियो ।

बागमती प्रदेश सरकारअन्तर्गत सञ्चालित ५० शय्याको त्रिशूली अस्पतालले आन्तरिक स्रोतबाट १०० शय्यामार्फत नुवाकोट, रसुवा, धादिङलगायत जिल्लाका बिरामीलाई सेवा पुर्‍याउँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस