२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सेती नदी भिरमा अड्किएकी युवतीको उद्धार

अ+ अ-

काठमाडौँ । पोखरा महानगरपालिका वडा नम्बर १ जौवारी नजिकको भिरमा खसेर अड्किएकी एक युवतीको प्रहरीले उद्धार गरेको छ । बुधवार राति ९ बजे चिप्लिएर भिरमा खसेर सेती किनारभन्दा माथि अड्किएकी युवतीको उद्धार गरिएको हो ।

झन्डै दुई घण्टाको प्रयासपछि गोरखा घर भई पोखरा १६ बस्ने २४ वर्षीया दुर्गा श्रेष्ठलाई उद्धार गरिएको कास्कीका प्रहरी प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक (डीएसपी) सुन्दर तिवारीले जानकारी दिए ।  गएराति ९ बजे भिरबाट लडेर सेती नदीको तिरमा अड्किएको जानकारी पाएपछि प्रहरी टोली खटिएको थियो ।

वडा प्रहरी कार्यालय बगरका इन्स्पेक्टर महेशकुमार आचार्य र गण्डकी प्रदेश प्रहरी गण पोखराबाट प्रहरी नायब निरीक्षक मणिप्रताप थारुको कमान्डमा खटिएको प्रहरी टोलीले श्रेष्ठको उद्धार गरेको हो । 

उद्धार लगत्तै उनलाई पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गत पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा उपचारका लागि लगिएको थियो । उपचारपछि उनलाई आज बिहान डिस्चार्ज गरेर घर पठाइएको डीएसपी तिवारीले बताए ।