अनुगमनमा असहयोग गर्ने संस्थालाई विभागले कारबाही गर्ने « प्रशासन
Logo १८ बैशाख २०८१, मंगलबार
   

अनुगमनमा असहयोग गर्ने संस्थालाई विभागले कारबाही गर्ने


६ आश्विन २०७९, बिहिबार


काठमाडौँ । वैदेशिक रोजगार विभागले अनुगमन तथा निरीक्षण कार्यमा असहयोग गर्ने संस्थालाई कारबाहीको चेतावनी दिएको छ । वैदेशिक रोजगारीमा जाने कामदारहरूले लिनुपर्ने अभिमुखीकरण तालिम दिने संस्थालाई विभागले कारबाहीको चेतावनी दिएको हो ।

विभागले गर्ने गरेको अनलाइन अनुगमनलाई सहयोग नगरेको भन्दै विभागले अभिमुखीकरण तालिम सञ्चालन कार्यविधि, २०७६ बमोजिम कारबाही गर्ने चेतावनी दिएको हो । कार्यविधि अनुसार तालिम प्रदायक संस्थाहरूको विभागले समय समयमा अनुगमन तथा निरीक्षण गर्ने गर्छ । त्यसका लागि विभागको आधिकारिक नम्बर ९८५१३३४१०५ बाट फोन गर्ने, भाबर कल, ह्वाट्सएपबाट अभिमुखीकरण कक्षा सञ्चालन भइराखेको दृश्य अवलोकन गराउनुपर्छ । तर, कतिपय संस्थाका सञ्चालकहरूले विभिन्न कारण देखाउँदै कक्षा सञ्चालनको दृश्यावलोकन नगराउने, फोन कल रिसिभ नगर्ने जस्ता कार्य भइरहेको भन्दै विभागले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।   

विभागबाट भएका प्रत्यक्षलगायत अन्य माध्यमबाट भएका अनुगमन सम्बन्धी कार्यलाई सहयोग गर्नु प्रत्येक संस्थाको कर्तव्य भएको विभागले जनाएको छ । अनुगमन सम्बन्धी कार्यलाई सहयोग वा बेवास्ता गरेमा अभिमुखीकरण तालिम सञ्चालन कार्यविधि २०७६ अनुसार कारबाही हुने विभागले चेतावनी दिएको हो ।

Tags :
प्रतिक्रिया दिनुहोस