२६ बैशाख २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

अस्थायी मतदाता नामावली सङ्कलनको तालिका प्रकाशन, यस्तो छ व्यवस्था !

अ+ अ-

काठमाडौँ । निर्वाचन आयोगले अस्थायी मतदाता नामावली सङ्कलनको तालिका प्रकाशन गरेको छ । आयोगका अनुसार आसन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि समानुपातिक निर्वाचन प्रणाली अन्तर्गत हुने निर्वाचन प्रयोजनका लागि अस्थायी मतदाता नामावली सङ्कलन हुन लागेको हो ।

असोज ६ देखि ८ गतेसम्म अस्थायी मतदाता नामावली सङ्कलन हुने आयोगले जनाएको छ । आयोगका अनुसार नेपाल सरकार, प्रदेश सरकार, स्थानीय तह तथा नेपाल सरकार वा प्रदेश सरकारको स्वामित्व वा नियन्त्रणमा रहेको संस्थामा कार्यरत कर्मचारीका अतिरिक्त व्यारेकमा रहेका नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, कारागारमा रहेका थुनुवा र कैदी अस्थायी मतदाताका रूपमा सूचीकृत हुन पाउँछन् ।

यस्तै, निर्वाचनमा खटिने कर्मचारी र सुरक्षाकर्मी, नेपाल सरकार, प्रदेश सरकार वा स्थानीय तहले सञ्चालन गरेको वा नेपाल सरकार, प्रदेश सरकार वा स्थानीय तहको स्वीकृति लिइ सञ्चालन भएको वृद्धाश्रममा बसेका व्यक्तिहरूलाई अस्थायी मतदाता नामावलीमा समावेश हुन योग्य मानिएको छ ।

अस्थायी मतदाता नामावलीका लागि सम्बन्धित कार्यालय प्रमुखले प्रमाणित गरी प्रमुख नाम दर्ता अधिकारीको कार्यालयमा पठाउने व्यवस्था गरिएको आयोगले जनाएको छ । असोज ८ देखि २६ गतेसम्म सम्बन्धित निकायका प्रमुखले मतदाता नामावलीमा समावेश हुने व्यक्तिहरूको नामावली (अन्तिम मतदाता नामावलीमा समावेश हुने व्यक्ति)प्रमाणित गरी प्रमुख नाम दर्ता अधिकारीको कार्यालयमा पठाउने तालिका निर्धारण भएको छ ।

कार्तिक १ गते त्यस्ता मतदाता विवरण रुजु गरी प्रारम्भिक अस्थायी मतदाता नामावली प्रकाशन गर्ने, कार्तिक २ र ३ गते प्रारम्भिक अस्थायी नामावलीमा छुट भएका वा प्रकाशित विवरणमा त्रुटि भएका व्यक्तिले नाम समावेश गर्न तथा त्रुटि सच्याउन निवेदन दिन सक्ने आयोगले जनाएको छ । यसरी प्राप्त निवेदन उपर जाँचबुझ गरी कार्तिक ४ गते संशोधित अस्थायी नामावली प्रकाशन गर्ने, कार्तिक ५ र ६ गते संशोधित अस्थायी मतदाता नामावलीमा नाम समावेश भएका व्यक्तिको सम्बन्धमा दाबी विरोधका लागि निवेदन पेस गर्ने, कार्तिक ७ देखि ११ गतेसम्म दाबी विरोधको निवेदन उपर जाँचबुझ गरी निर्णय गर्ने तथा कार्तिक १२ र १३ गते अन्तिम अस्थायी मतदाता नामावली तयार गर्ने कार्यसूची रहेको आयोगले जनाएको छ । आयोगका अनुसार कार्तिक १४ गते अन्तिम अस्थायी मतदाता नामावली प्रकाशन गर्ने कार्यसूची छ ।

प्रतिक्रिया दिनुहोस