संसदबाट धमाधम बिदा लिँदै सांसद « प्रशासन
Logo १८ बैशाख २०८१, मंगलबार
   

संसदबाट धमाधम बिदा लिँदै सांसद


२९ भाद्र २०७९, बुधबार


काठमाडौँ । मौजुदा प्रतिनिधिसभाको कार्यकाल सकिनै लाग्दा सांसदहरूले औपचारिक रूपमा धमाधम बिदा लिन थालेका छन् ।

प्रतिनिधिसभाको कार्यकाल लम्ब्याउन खोजेको भन्दै १९ भदौमा राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले सांसद पदबाट राजीनामा दिएको बताएका थिए ।

१९ भदौमा बसेको बैठकमा उनले यस मौजुदा संसद् बैठकमा सहभागी नहुने भन्दै आफूले पाउने तलब भत्ता र सुविधा नपठाउन सभामुख र सचिवालयका कर्मचारीलाई आग्रह गरेका थिए । उनले सांसद पदबाट राजीनामा दिएको घोषणा गरेका थिए ।

लिङ्देनले सांसद पदबाट राजीनामा दिएको १२औँ दिन बुधवार (२९ भदौ) मा बसेको प्रतिनिधिसभा बैठकमा सांसदहरूले सबैलाई धन्यवाद दिँदै अब यस मौजुदा संसद‍्मा सांसदमा रूपमा उपस्थित नहुने बताएका हुन् ।

बुधवार बसेको बैठकको शून्य समयमा काँग्रेसकी रंगमती शाहीले शून्य समयमा बोल्ने आफ्नो अन्तिम रहेको भन्दै सबैलाई आगामी निर्वाचनमा जितेर आउन शुभकामना दिँदै बिदा लिएकी छन् ।

यसै गरी जसपाकी रेनुका गुरुङले पनि सबैलाई शुभकामना दिँदै बिदा लिएकी छन् । काँग्रेसका भरतकुमार साहले पनि सभामुख, उपसभामुख, सांसद सबैलाई धन्यवाद दिएका छन् ।

निर्वाचन आयोगले ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको समानुपातिक तर्फको उम्मेदवारको बन्द सूची बुझाएसँगै मौजुदा संसद्को कार्यकाल सकिने भन्दै पत्राचार गरिसकेको छ । यसअनुसार १ असोजबाट मौजुदा प्रतिनिधिसभाको कार्यकाल सकिनेछ ।

Tags :
प्रतिक्रिया दिनुहोस