काठमाडौँ । काठमाडौँ महानगरपालिकाले वेसमेन्ट खाली गराउने अभियानलाई आज पनि जारी राखेको छ ।
मंगलबार हरितालिका तीज भएको कारण रोकिएता पनि भवनको नक्सा अनुसार प्रयोजन नभएको वेसमेन्टहरु हटाउन थालिएको महानगर नगर प्रहरीले जनाएको छ ।
काठमाडौँ नगर प्रहरीले त्रिपुरेश्वरको राहदानी विभाग अगाडी रहेको भवनको वेसमेन्टमा सञ्चालन भइरहेका रेष्टुरेन्ट, अन्य व्यवसायहरु हटाउँदैछ । महानगर प्रहरी निर्देशन पछि रेष्टुरेन्टले आफ्नो सामाग्री हटाउन सुरु गरेको हो ।
महानगरको टोली नारायण चौर स्थित रहेको बैंक अफ काठमाडौँ पुगेको छ । त्यहाँ रहेको बेसमेन्टमा पार्किङ गरी अन्य प्रयोजन भएको पाइएपछि टोली पुगेको महानगर प्रहरीले जनाएको छ ।