काठमाडौँ । आज नेकपा एमालेको पोलिटब्युरो बैठक बस्दै छ । पार्टी केन्द्रीय कार्यालय च्यासलमा बैठक बस्नेछ ।
मंगलबार बसेको पार्टीको स्थायी कमिटीको बैठकले आजका लागि पोलिटब्युरो बैठक बोलाएको थियो । पोलिटब्युरो बैठकले केन्द्रीय कमिटी बैठकको एजेण्डा तय गर्नेछ ।
केन्द्रीय कमिटीको बैठक भदौ १० र ११ गते बस्ने एमालेले निर्णय गरिसकेको छ । १२ गते पार्टीको निर्वाचन परिचालन कमिटीको बैठक बस्नेछ ।