२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

डोनाल्ड लुको उच्चस्तरीय भेटवार्ता आज

अ+ अ-

काठमाडौँ । दक्षिण तथा मध्य एसियाली मामिलासम्बन्धी अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लु हिजो (बिहीबार) काठमाडौँ आइपुगेका छन् ।

तीन दिने भ्रमणमा आएका उनले आज (शुक्रबार) प्रधानमन्त्री शेरबहादुर देउवा र परराष्ट्रमन्त्री नारायण खड्कासँग भेटवार्ता गर्ने भएका छन् ।

सहायक विदेशमन्त्री लु भारत हुँदै काठमाडौँ उत्रिएका हुन् । यस क्षेत्रको नियमित भ्रमणको सिलसिलामा लु नेपाल आइपुगेको काठमाडौँस्थित अमेरिकी दूतावासले जनाएको छ ।

लु गत मंसिरमा पनि नेपाल आएका थिए । नेपाल सरकारले अमेरिकी स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) लाई अघि नबढाउने निर्णय गरेको एक महिनापछि लु काठमाडौँ आएका हुन् ।

सरकारले गत असार ६ मा एसपीपी अघि नबढाउने निर्णय गरे पनि अमेरिकालाई पत्राचार गरेको छैन ।

लुले गत मंसिरमा नेपाल आउँदा अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सँगको सम्झौता संसदबाट अनुमोदन भएको थिएन ।

उनी उक्त भ्रमणका दौरान एमसीसी सम्झौतालाई अघि बढाउन नेपालको राजनीतिक र कूटनीतिक तहमा संवाद गरेर फर्केका थिए । नेपालले फागुन १५ मा सम्झौता अनुमोदन गरिसकेको छ ।

लुले अमेरिकी विदेशमन्त्रीद्वारा वार्षिक रूपमा प्रदान गरिने ‘अवार्ड फर कर्पोरेट एक्सिलेन्स’ नेपालस्थित अमेरिकी उत्पादनकर्ता कम्पनी पूर्णालाई बिहीबार साँझ प्रदान गरेका छन् ।

दूतावासका अनुसार पूर्णाले परम्परागत रूपमा सीमान्तकृत व्यक्तिको सशक्तीकरण गर्दै नीतिपरक उत्पादन प्रवर्द्धन गर्छ ।

लुले बिहीबारै व्यापारी, नागरिक समाज र सरकारका नेतृत्वकर्तासँग भेटघाट गरेका छन् ।

प्रधानमन्त्री शेरबहादुर देउवाको अमेरिका भ्रमणका सम्बन्धमा दुवै पक्षलाई अनुकूल हुने गरी उपयुक्त समय खोजिएको नेपाल सरकार र अमेरिकी सरकारले जनाएका छन् ।

देउवाले गत असारमै अमेरिका जाने बताइए पनि हालसम्म भ्रमण टुङ्गो नलागेको विषयमा परराष्ट्र मन्त्रालय र अमेरिकी दूतावासले अनुकूल हुने मिति खोजिरहेको दाबी गरेका हुन् ।

अमेरिकाले देउवाको भ्रमणका लागि साढे ३ महिनाअघि नै सरकारलाई पत्राचार गरेको थियो । साउन ४ को पत्रकार सम्मेलनमा परराष्ट्रकी प्रवक्ता सेवा लम्सालले अनुकूल मिति तय भई नसकेको बताएकी थिइन् ।

काठमाडौँस्थित अमेरिकी दूतावासका एक अधिकारीले पनि दुवै पक्षलाई अनुकूल हुने उपयुक्त समय पर्खिरहेको जनाएका छन् ।