प्रदेश र प्रतिनिधिसभा निर्वाचनका लागि करिब ८ करोड मतपत्र « प्रशासन
Logo १३ जेष्ठ २०८१, आइतबार
   

प्रदेश र प्रतिनिधिसभा निर्वाचनका लागि करिब ८ करोड मतपत्र


१० श्रावण २०७९, मंगलबार


काठमाडौँ । आगामी प्रदेश र प्रतिनिधिसभा निर्वाचनका लागि करिब ८ करोड मतपत्र छाप्नुपर्ने निर्वाचन आयोगले बताएको छ ।

स्थानीय तह निर्वाचनको परिणाम र खर्च विवरण सार्वजनिक गर्न आज (मंगलबार) आयोजित पत्रकार सम्मेलनमा प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले भने, ‘अबको चुनावमा ८ करोड मतपत्र छाप्नुपर्छ । एउटा मतदान केन्द्रमा चार वटा मतपेटिका राख्नुपर्छ । यसअनुसार कर्मचारी पनि चाहिएला ।’

निर्वाचनको मिति तय नभए पनि आयोगले आन्तरिक तयारी थालिसकेको उनले बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस