३० बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

जनकपुरधाममा बैङ्कबाट रकम झिकेर फर्किँदै गरेकी एक महिलाको २ लाख रुपैयाँ लुटियो

अ+ अ-

जनकपुरधाम । जनकपुरधाममा आज (सोमबार) दिउँसो बैङ्कबाट रकम झिकेर फर्किँदै गरेकी एक महिलाको २ लाख रुपैयाँ लुटिएको छ ।

जनकपुरधाम-१ निवासी शर्मिला यादव मिल्स एरियास्थित एभरेस्ट बैङ्कबाट २ लाख रुपैयाँ झिकेर घरतर्फ जाँदै गर्दा मोटरसाइकलमा आएका दुई जनाले रकम लिएर भागेका छन् ।

साउदीमा रहेका श्रीमान् देवशरणले पठाएको रकम बैङ्कबाट झिकेर घरतर्फ जान लाग्दा मोनास्टिक स्कुल नजिकै एउटा मोटरसाइकलमा आएका दुई जनाले रकम भएको झोला नै हातबाट लिएर भागेको शर्मिलाले बताएकी छन् ।

उनका अनुसार झोलामा रु. २ लाख, नागरिकता, बैङ्क सम्बन्धी कागजात र थप ५ सय रुपैयाँ थियो । ‘आफू हिँडिरहेको समयमा एक्कासि आएका उनीहरुले हातबाट झोला लिएर गए,’ शर्मिलाले भनिन्, ‘दुवैले हेलमेट लगाएका थिए ।’

धनुषा प्रहरीका प्रवक्ता एवं डिएसपी प्रदीपबहादुर क्षेत्रीले रकम लुटेराहरुको खोजी भइरहेको बताए ।

प्रतिक्रिया दिनुहोस