२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

वेस्टइन्डिजमाथि भारतको रोमाञ्चक जित

अ+ अ-

काठमाडौँ । भारतले वेस्टइन्डिजमाथि तीन रनको रोमाञ्चक जित हात पारेको छ। तीन एकदिवसीय सिरिज खेल्न वेष्टइन्डिज पुगेको भारतले विजयी सुरुआत गरेको हो।

जितको लागि ३ सय ९ रनको लक्ष्य पछ्याएको घरेलु टोली वेस्टइन्डिजले निर्धारित ५० ओभरमा ६ विकेट गुमाउँदै ३ सय ५ रन मात्र बनायो। 

वेस्टइन्डिजलाई अन्तिम ओभरमा जितको लागि १४ रन आवश्यक रहँदा मोहम्मद शिराजले एक चौकासहित ११ रन मात्र खर्चेपछि भारतले रोमाञ्चक जित निकालेको हो।

वेस्टइन्डिजका लागि ओपनर काईल मेयर्सले सर्वाधिक ७५ रन बनाए। यस्तै ब्रेन्डम किंगले ५४ रन जोडे। शमराह ब्रुकले ४६ रन जोड्दा रोमारियो शेफर्डले अभिजित ३९ तथा अकिल हुसैनले अभिजित ३२ रन जोडे पनि हारबाट बचाउन सकेनन्।

ओपनर शाई होप ७ रनमै आउट भए पनि दोस्रो विकेटका लागि मेयर्स र शमराहले १ सय १७ रनको शतकीय साझेदारी गरेका थिए।

कप्तान निकोलस पुरन २५ र रोभम्यान पावेल ६ रनमा आउट भएका थिए। भारतका लागि मोहम्मद शिराज, शार्दुल ठाकुर र युजभेन्द्र चहलले समान २-२ विकेट लिए।

त्यसअघि क्विन पार्क ओभलमा टस हारेर पहिले ब्याटिङ गरेको भारतले निर्धारित ५० ओभरमा ७ विकेट गुमाउँदै ३ सय ८ रन बनायो। भारतका लागि  कप्तान शिखर धवनले सर्वाधिक ९७ रन बनाए। शतक बनाउन तीन रनले चुकेका उनले ९९ बलमा १० चौका र ३ छक्का प्रहार गरे।

युवा ओपनर शुभमन गिलले ६४ रन जोड्दा श्रेयस ऐयर ५४ रनमा आउट भए। 

ओपनर गिल र धवनले पहिलो विकेटका लागि १७.४ ओभरमा १ सय १९ रनको शतकीय साझेदारी गर्दै उत्कृष्ट सुरुवात दिलाएका थिए। 

दीपक हुडा २७ र अक्षर पटेल २१, सूर्यकुमार यादव १३, सन्जु स्यामसन १२ रनमा आउट भए। 

वेस्टइन्डिजका अल्जारी जोसेफ र गुडाकेश मोटीले दुई दुई विकेट लिए। यस्तै रोमारियो शेफर्ड र अकिल हुसैनले १(१ विकेट हात पारे। 

अब दोस्रो खेल आइतबार हुनेछ।