२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

देशभर हालसम्म ६० प्रतिशतमात्र रोपाइँ, सबैभन्दा कम मधेस प्रदेशमा

अ+ अ-

काठमाडौँ । सरकारी तथ्याङ्क अनुसार देशभरि हालसम्म ६० प्रतिशतमात्र धान रोपाइँ भएको छ । अघिल्लो वर्ष यो अवधिमा भएको धान रोपाइँको तुलनामा यो निकै न्यून हो । गत वर्ष साउन ४ गतेसम्म ९६ प्रतिशत रोपाइँ भइसकेको थियो ।

धान खेतीको ‘हब’ मानिएको मधेस प्रदेशमा सबैभन्दा कम रोपाइँ भएको छ । कृषि विभागका अनुसार मधेस प्रदेशमा ३९ प्रतिशत रोपाइँ भएको छ । प्रदेशको हिसाबले सबैभन्दा बढी रोपाइँ सुदूरपश्चिममा (८७ प्रतिशत) रोपाइँ भएको छ ।

यस्तै, प्रदेश १ मा ४९, बागमती प्रदेशमा ६५, गण्डकी प्रदेशमा ७९, लुम्बिनी प्रदेशमा ७५ र कर्णाली प्रदेशमा ५६ प्रतिशत रोपाइँ भएको छ । जबकि अघिल्ला वर्ष यतिबेलासम्म कर्णाली, सुदूरपश्चिम प्रदेशमा धान रोपाइँ सम्पन्न भइसकेको हुन्थ्यो ।

सबैभन्दा कम रोपाइँ भएको मधेस प्रदेशमा जिल्लागत विवरण हेर्ने हो भने धनुषामा ३५, महोत्तरीमा ३०, सर्लाहीमा ३५, पर्सामा ४२, बारामा ४०, रौतहटमा ३२, सप्तरीमा ५० र सिरहामा ४२ प्रतिशत रोपाइँ भएको छ । त्यहाँ चार लाख पाँच हजार हेक्टरमा धान खेती हुन्छ, जबकि हालसम्म एकलाख ५८ हजार हेक्टरमा मात्र रोपाइँ भएको छ ।

यसरी कम रोपाइँ हुनुको मुख्य कारण मल र सिँचाइको अभाव नै रहेको कृषि विभागले जनाएको छ ।