काठमाडौं । अर्थमन्त्री जनार्दन शर्मामाथि छानबिन गर्न संसदीय छानबिन समिति गठन भएको छ ।
प्रमुख विपक्षी नेकपा एमालेको माग बमोजिम ११ सदस्यीय छानबिन समिति गठन भएको हो ।
समितिमा संसद्को सबैभन्दा ठुलो दल नेकपा एमालेबाट ४ जना सदस्य रहने भएका छन् ।
त्यस्तै नेपाली काँग्रेस र माओवादी केन्द्रबाट दुई/ दुई जना रहनेछन् ।
जसपा, नेकपा एकीकृत समाजवादी र लोकतान्त्रिक समाजवादी पार्टीबाट एक /एक जना रहने बताइएको छ ।
समितिको संयोजक सदस्यहरूबाट चयन हुने समझदारी भएको छ ।