बागमती प्रदेशसभा बैठक बस्दै « प्रशासन
Logo २५ बैशाख २०८१, मंगलबार
   

बागमती प्रदेशसभा बैठक बस्दै


१४ असार २०७९, मंगलबार


काठमाडौँ । बागमती प्रदेशसभाको बैठक आज पनि बस्दैछ। आज मंगलबार बिहान ११ बजे प्रदेशसभाको बैठक बस्न लागेको हो।

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको अवरोध हटेसँगै सोमबारबाट प्रदेशसभामा आगामी आर्थिक वर्षको लागि ल्याएको बजेटमाथि छलफल सुरु भएको छ।

आइतबार बसेको बैठकमा संस्कृति तथा पर्यटन मन्त्रालय, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय, युवा तथा खेलकुद मन्त्रालय, वन तथा वातावरण मन्त्रालय, कृषि तथा पशुपंक्षी विकास मन्त्रालय, खानेपानी, उर्जा तथा सिँचाइ मन्त्रालय, श्रम रोजगार तथा यातायात मन्त्रालय र स्वास्थ्य मन्त्रालयको बजेटमाथि प्रदेशसभा सदस्यहरूले छलफल गरेका थिए।

बैठकमा सत्तापक्षले सरकारले ल्याएको बजेट जनमुखी भएको भन्दै स्वागत गरेका थिए भने प्रतिपक्षले सरकारले चुनावलक्षित असन्तुलित बजेट ल्याएको भन्दै विरोध गरेका थिए।

Tags :
प्रतिक्रिया दिनुहोस