यी हुँदैछन् नयाँ मन्त्री  « प्रशासन
Logo ८ जेष्ठ २०८१, मंगलबार
   

यी हुँदैछन् नयाँ मन्त्री 


१२ असार २०७९, आइतबार


काठमाडौँ । नेकपा(एकीकृत समाजवादी)ले परिवर्तन गर्न लागेका नयाँ मन्त्रीको नाम राष्ट्रपति कार्यालय पुगेको छ । 

प्रशासन विशेष ब्युरोलाई प्राप्त सूची अनुसार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रीमा जीवनराम श्रेष्ठ, सहरी विकासमा मेटमणि चौधरी, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रीमा भवानीप्रसाद खापुङ, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रीमा शेरबहादुर कुँवर र स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्रीमा हिराचन्द्र के.सी. रहेका छन् । 

प्रधानमन्त्री शेरबहादुर देउवाले आजै नामहरू राष्ट्रपतिकोमा पठाएका हुन् । 

पार्टीले हप्तौँअघि पुराना मन्त्री फिर्ता बोलाई नयाँलाई मन्त्री बनाउन सिफारिस गरेपनि प्रधानमन्त्री तथा सत्तारुढ अन्य शक्तिशाली नेताहरूको अनिच्छाका कारण रोकिँदै आएको थियो । 

प्रतिक्रिया दिनुहोस