गृहमन्त्री खाँणले गरे हजयात्रीको अन्तिम टोलीलाई बिदाइ « प्रशासन
Logo ६ जेष्ठ २०८१, आइतबार
   

गृहमन्त्री खाँणले गरे हजयात्रीको अन्तिम टोलीलाई बिदाइ


१० असार २०७९, शुक्रबार


काठमाडौँ। साउदी अरबको मक्कामदिनामा हजयात्रा गर्न जाने अन्तिम टोलीलाई आज गृहमन्त्री बालकृष्ण खाँणले बिदाइ गरेका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा गृहमन्त्री खाँणले शुक्रबार बिहान ११३ हजयात्रीलाई बिदाइ गरेका हुन् ।

यस वर्ष हजका लागि नेपाललाई छुट्टयाइएको ५५५ जनाको कोटा मध्ये शुक्रबार बिहान अन्तिम टोली हज गर्नका लागि त्यसतर्फ गएको हो ।

हजयात्रीलाई बिदाइ गर्न नेपाली काँग्रेसका सह-महामन्त्री महेन्द्र यादव, नेपाल हज समितिका अध्यक्ष शमशेर मियाँ लगायत पनि विमानस्थल पुगेका थिए ।

असार ६ गतेदेखि एयर अरेबियाको हवाईजहाजबाट दैनिक एक टोली हज गर्न गएको थियो । नेपालबाट हजयात्रामा जाने टोलीको साउदीमा जेद्दास्थित महावाणिज्यदूतावासले समन्वयको काम गर्छ । 

महावाणिज्यदूतावासबाट १० जनाको स्वयंसेवकको टोली हजयात्रीको व्यवस्थापनका लागि खटिएको छ । टोलीमा ८ जना डेलिगेट्स् र ३ जना मेडिकल सपोर्ट टिम सहभागी छ । हजयात्रीहरु ३४ दिनपछि नेपाल फर्कनेछन् ।

Tags :
प्रतिक्रिया दिनुहोस