एसपीपीमा कतै नेपाली शासकहरू झुक्ने त होइनन्, मलाई शङ्का छ : महरा « प्रशासन
Logo १८ बैशाख २०८१, मंगलबार
   

एसपीपीमा कतै नेपाली शासकहरू झुक्ने त होइनन्, मलाई शङ्का छ : महरा


६ असार २०७९, सोमबार


काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का नेता कृष्णबहादुर महराले नेपाली शासक झुकेर स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) सम्झौता गर्न सक्ने बताएका छन् ।

आज (सोमबार) काठमाडौँमा भएको ३१औँ किसान सङ्घर्ष दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै नेता महराले सरकार, प्रतिपक्ष र विभिन्न राजनीतिक दलहरूले एसपीपी राष्ट्र हित विपरीत भनेपछि तत्कालका लागि सम्झौता रोकिए पनि नेतृत्वले झुकेर सम्झौतामा हस्ताक्षर गर्न सक्ने बताएका हुन् ।

नेता महराले भित्रभित्रै सम्झौता गर्ने र ४/५ महिनाको अन्तरालपछि कुरा सेलाउँदै जाँदा कुरा बाहिरिन सक्ने बताए । 

उनले यो सम्झौताका लागि एमसीसीले ढोका खोलेको र एमसीसीसँग जोडिएको आईपीएसको अर्को रूपमा एसपीपीले नेपालमा स्थान पाएको उल्लेख गरे ।

‘एसपीपीको सन्दर्भमा केही समय त टरिसक्यो । सरकारले बोल्यो हामी गर्दैनौँ । प्रतिपक्षले बोल्यो यो राष्ट्र हितको विरुद्ध छ । सबै पार्टीहरूले बोले केही संसदमा भएका र संसद् बाहिर रहेका पार्टीहरूले पनि भने । एसपीपी नेपालको राष्ट्रिय स्वाधीनताको विपरीत छ भन्ने कुरा भएपछि यो तत्काल सम्झौता रोकियो । तर मलाई शङ्का छ । कतै नेपाली शासकहरू झुक्ने त होइनन् । फेरि झुकेर भित्रभित्र सम्झौता गर्ने होइनन् ? , उनले भने ।

Tags :
प्रतिक्रिया दिनुहोस