काठमाडौँ । नेपाल पर्वतारोहण संघको अध्यक्षमा निमा निरु शेर्पा विजयी भएका छन् । शुक्रकबार भएको निर्वाचनमा उनी ७३५ मत प्राप्त गर्दै विजयी भएका हुन् । उनका निकटतम प्रतिस्पर्धी राजेन्द्रमान श्रेष्ठले १२२ मत प्राप्त गरे ।
सोलुखुम्बुमा जन्मिएका निमा पर्यटन व्यवसायी हुन् । ट्रेकिङ व्यवसायबाट प्रवेश गरेका शेर्पा अहिले अल्टिच्युड हेलिकोप्टरका मालिक हुन् । उनी सफल होटेल व्यवसायी पनि हुन् ।
शेर्पा सन् १९८८ बाट पर्यटन क्षेत्रमा सक्रिय छन् । सन् २०१६ बाट हेलिकोप्टर कम्पनीमा लगानी गरेका उनी अहिले पनि नेपालको प्रमुख आय स्रोत रहेको पर्यटन क्षेत्रमा सरकारले आवश्यक ध्यान दिन नसकेको बताउँछन् ।
यस्तै, वरिष्ठ उपाध्यक्षमा ठाकुरराज पाण्डे ४२८ मत प्राप्त गरी विजयी भएका छन् । प्रथम उपाध्यक्षमा आङ दावा शेर्पा ४२० मत प्राप्त गर्दै निर्वाचित भएका छन् । द्वितीय उपाध्यक्षमा दावा याङजुम शेर्पा ४८२ मत ल्याएर विजयी भएका छन् ।







