२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

आयोगले असारदेखि मतदाता नामावली सङ्कलन गर्ने

अ+ अ-

काठमाडौँ । निर्वाचन आयोगले सङ्घ र प्रदेश निर्वाचनलाई लक्षित गरी असार १ देखि मतदाता नामावली सङ्कलन गर्ने भएको छ ।

स्थानीय तहको निर्वाचनअघि स्थानीय तहमै पुगेर मतदाता नामावली सङ्कलन गर्दा पनि नाम छुटेको गुनासो आएपछि आयोगले पुनः नामावली सङ्कलन गर्न लागेको हो ।

मतदाता नामावली आफू बसेकै जिल्लाबाट भर्न सकिने आयोगले जनाएको छ । उक्त विवरण स्थायी बसोबास भएको जिल्लामा पठाउन लागेको हो । फोटोसहितको नामावली जिल्ला प्रशासन, इलाका प्रशासन र जिल्ला निर्वाचन कार्यालयमा भर्न सकिने आयोगले जनाएको छ ।

स्थानीय तहको निर्वाचनमा १ करोड ७७ लाख ३३ हजार ७ सय २३ जना मतदाता थिए ।

०७४ मा पनि स्थानीयको निर्वाचन भएपछि प्रतिनिधि र प्रदेशसभाको निर्वाचनलाई लक्षित गरेर मतदाता नामावली सङ्कलन गरिएको थियो  ।

निर्वाचनको मिति घोषणा भएपछि नामावली सङ्कलन गर्न नमिल्ने कानुनी व्यवस्था भएकाले आयोगले असार १ देखि नै नामावली सङ्कलन गर्न लागेको हो ।

आयोगले कात्तिक अन्तिमदेखि मङ्सिर पहिलो साता निर्वाचन घोषणा गर्नुपर्ने सरकारलाई अनौपचारिक प्रस्ताव गरेको छ ।

प्रतिनिधि र प्रदेशसभा सदस्यको पदावधि मङ्सिर २२ सम्म मात्रै हुने आयोगको ठहर छ । प्रतिनिधिसभाको निर्वाचन ०७४ मङ्सिर २१ मा पहिलो चरणको निर्वाचन भएको थियो ।

आयोगले मत परिणाम आएको दिनदेखि ५ वर्षे कार्यकाल सुरु भएको मानेर यसअघि वैशाख ३० मा स्थानीय तहको निर्वाचन गराइसकेको छ ।