२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रतिनिधिसभामा बजेट माथिको छलफल जारी

अ+ अ-

काठमाडौँ । प्रतिनिधिसभामा आगामी आर्थिक वर्ष २०७९/८० को राजस्व र व्ययको वार्षिक अनुमानमाथिको छलफल जारी छ ।

आजको बैठकमा प्रतिनिधिसभाका ४७ सदस्यले छलफलमा भाग लिएका छन् । बिहीबार बस्ने बैठकमा पनि राजस्व र व्ययको वार्षिक अनुमानमाथिको छलफल जारी रहनेछ ।

आजको बैठकको अन्त्यमा संसद्को संयुक्त बैठक र संयुक्त समिति सञ्चालन नियमावली २०७५ को नियम २५ को उपनियम २ बमोजिम गठित संसदीय सुनुवाई समितिका सभापतिबाहेक प्रतिनिधिसभातर्फका सदस्य हेरफेर गरिएको छ ।

सभामुख अग्निप्रसाद सापकोटाले सांसदहरू अमृता थापा, खगराज अधिकारी, देवप्रसाद गुरुङ, निरु देवी पाल, पुष्पा भुसाल गौतम, भीमसेनदास प्रधान, विशाल भट्टराई, शिवकुमार मण्डल, सुरेन्द्रप्रसाद पाण्डे सदनको सहमतिले हेरफेर गरिएको जानकारी गराए ।

यस्तै संसद्को संयुक्त बैठक र संयुक्त समिति सञ्चालन नियमावली २०७५ को नियम २७ को उपनियम २ अनुसार गठित राज्यको निर्देशक सिद्धान्त, नीति र दायित्व कार्यान्वयन अनुगमन तथा मूल्याङ्कन समतिका सभापतिबाहेक रहनेगरी समितिका सदस्य पनि हेरफेर गरिएको छ ।

सभामुख सापकोटाले सांसदहरू अनिलकुमार झा, खेमप्रसाद लोहनी, गणेशसिंह ठगुन्ना, दुर्गाकुमारी विश्वकर्मा, दुर्गा पौडेल, देवप्रसाद तिमिल्सिना भीमबहादुर रावल, मातृकाप्रसाद यादव, रामवीर मानन्धर र लक्ष्मी परियारलाई सदनको सहमतिले हेरफेर गरिएको जानकारी गराए । बैठक बिहीबार बिहान ११ बजे बस्नेगरी स्थगित भएको छ ।