शिक्षामन्त्री पौडेलद्वारा जनक शिक्षाको आकस्मिक अनुगमन « प्रशासन
Logo १८ बैशाख २०८१, मंगलबार
   

शिक्षामन्त्री पौडेलद्वारा जनक शिक्षाको आकस्मिक अनुगमन


१५ जेष्ठ २०७९, आइतबार


काठमाडौँ । समयमै पाठ्यपुस्तक उपलब्ध नभएको गुनासो आएपछि शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले आज (आइतबार) भक्तपुरको सानोठिमीस्थित जनक शिक्षा सामग्री केन्द्र लिमिटेडको आकस्मिक अनुगमन गरेका छन् ।

जनक शिक्षाले यसअघि समयमै पाठ्यपुस्तक पुर्‍याउने भने पनि सोचेजस्तो काम नभएको पाइएपछि शिक्षामन्त्री पौडेल आकस्मिक अनुगमन गर्न भक्तपुर पुगेका हुन् । उक्त अवसरमा उनले पुस्तक छपाइको बारेमा जानकारी लिएका थिए ।

अनुगमनका क्रममा मन्त्री पौडेलले पाठ्यपुस्तक छपाइ दुई हप्ता ढिलो भएको जानकारी पाएको बताए । ‘१० दिनसम्ममा पुस्तक छापिने जनक शिक्षाले जानकारी गराएको छ’, मन्त्री पौडेलले भने, ‘अहिले २० लाख पुस्तक पुग्न बाँकी रहेकाले छिट्टै ढुवानी हुने तयारी छ ।’

उनले पुस्तक छाप्ने काम तीव्र रुपमा भइरहेको सूचना पाएको जानकारी दिए । सबै विद्यार्थीको हातमा पुस्तक नपुगेसम्म निरन्तर अनुगमन गर्ने मन्त्री पौडेलको भनाइ छ ।

Tags :
प्रतिक्रिया दिनुहोस