४ जेष्ठ २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रधानमन्त्रीको जिल्ला डडेलधुराको नतिजा : सातमध्ये पाँचमा काँग्रेस, एमाले शून्य

अ+ अ-

डडेलधुरा । सात वटा स्थानीय तह रहेको डडेलधुराका पाँच स्थानीय तहमा नेपाली काँग्रेसले विजय हासिल गरेको छ ।

यहाँका दुई नगरपालिका र तीन गाउँपालिकामा काँग्रेसका उम्मेदवार विजयी भएका हुन् ।

अघिल्लो निर्वाचनमा यहाँ नेकपा (एमाले) ले २ र माओवादीले एक स्थानीय तह जितेका थिए । यसपालि एमालेले सबै तह गुमाएको छ भने माओवादीले दुई स्थानीय तह हात पारेको छ ।

जिल्ला सदरमुकामको अमरगढी नगरपालिकामा काँग्रेसका नगरप्रमुख डिल्लीराज जोशी, उपप्रमुख पार्वती झुकालसहित १० वडा अध्यक्षमा काँग्रेसका उम्मेदवार विजयी भएका छन् ।

यस्तै भित्रिमधेसको परशुराम नगरपालिकामा काँग्रेसका भरत बडायर जोशी तथा उपप्रमुखमा माओवादी केन्द्रका विमला महता निर्वाचित भइन् । यस नगरपालिकाका वडाहरुमा पनि काँग्रेसको सहज जित भएको छ ।

काँग्रेसले गन्यापधुरा, नवदुर्गा र भागेश्वर गाउँपालिका पनि जितेको छ । यहाँका आलिताल र अजयमेरु गाउँपालिकामा नेकपा (माआवादी केन्द्र) आएको छ । उता अजयमेरु गाउँपालिकाको उपाध्यक्षमा पनि काँग्रेसकी वशन्ती पाल विजयी भएकी छन् ।

काँग्रेसले ५२ वडामध्ये २९ वडामा विजय प्राप्त गरेको छ भने माओवादी १४, एमालेले तीन, एकीकृत समाजवादी दुई, विपी काँग्रेस दुई र स्वतन्त्रले दुई वडा जितेका छन् ।

विसं २०७४ को निर्वाचनमा काँग्रेसले यहाँका १६ वडा मात्र जितेको थियो । अघिल्लो चुनावमा नेकपा ९एमाले० ले २० वडा जितेको थियो भने माओवादीले १६ वडा जितेको थियो । अघिल्लो चुनावमा काँग्रेसले चार पालिकामा मात्र विजय भएको थियो ।

अघिल्लो चुनावमा अमरगढी नगरपालिकामा ५ वडा मात्रै जितेको काँग्रेसले अहिले प्रमुख उपप्रमुखसहित १० वडामा विजय हात पारेको छ । अघिल्लो चुनावमा अमरगढीका प्रमुख र उपप्रमुखसहित ६ वडाध्यक्ष जितेको एमाले अहिले शून्यमा झरेको छ ।

त्यसै गरी अघिल्लो चुनावमा परशुराममा प्रमुख र उपप्रमुखसहित तीन वडा मात्रै जितेको काँग्रेसले अहिले सम्पन्न स्थानीय निर्वाचनमा पालिका प्रमुखसहित पाँच वडा जितेको छ ।

गन्यापधुरामा पनि पहिले काँग्रेसले तीन वडा र अध्यक्ष उपाध्यक्ष जितेको थियो तर अहिले एक वडा बाहेक पालिकाका सबै स्थानमा विजय हासिल गरेको छ । यो प्रधानमन्त्री एवं नेपाली काँग्रेसका सभापति शेरबहादुरको पालिका हो ।

अघिल्लो निर्वाचनमा नवदुर्गा गाउँपालिमा अध्यक्ष, उपाध्यक्षसहित दुई वडा मात्रै जितेको काँग्रेस अहिले अध्यक्ष उपाध्यक्षसहित थप दुई वडा जितेको छ र बाँकी तीन वडामा नेकपा (एकीकृत समाजवादी) ले दुई र माओवादीले एक वडामा जित हासिल गरेको छ ।

भागेश्वर गाउँपालिकामा अघिल्लो निर्वाचनमा अध्यक्ष उपाध्यक्ष मात्रै जितेको काँग्रेसले अहिले पालिकासहित चार वडामा जित हासिल गरेको छ । त्यसै गरी यसअघि भागेश्वरमा एमालेले चार र माओवादीले एक वडा जितेकामा अहिले चार वडामा नै काँग्रेसले जित हासिल गरेको छ । अर्को एकमा स्वतन्त्र उम्मेदवार आएका छन् ।

डडेलधुरा काँग्रेसका नेता एवं सुदूरपश्चिम प्रदेश सरकारका सामाजिक विकासमन्त्री गोविन्द बोहराले डडेलधुराका जनताले प्रधानमन्त्री एवं नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाप्रतिको विश्वास यस पटकको स्थानीय तहको निर्वाचनमा प्रकट गरेको बताउँछन् ।

उनले भने, डडेल्धुरमा गठबन्धन थिएन बरु समझदारीमा सबै दलले आ–आफ्नो तवरबाट निर्वाचनमा उठेका थियौँ र यो देशको विकास गर्ने र मुलुक आर्थिक तथा राजनीतिक सङ्कटमा परेका बेला निकास दिन सक्ने पार्टी नेपाली काँग्रेस र नेता शेरबहादुर देउवा नै हुन् भन्ने विश्वासका साथ यहाँका जनताले स्थानीय तहमा मत दिएका हुन् ।

नेपाली काँग्रेस डडेलधुराका सभापति भीम साउदले यसअघिका अरु दलका जनप्रतिनिधिहरुले कुरा मात्र गरेका तर विकासका काम नगरेका कारण यसपालि यहाँका नागरिकले काँग्रेसलाई छानेको बताए ।

उनले नेपाली काँग्रेसको वर्तमान नेतृत्वको नीति, जिल्लाका नेता तथा कार्यकर्ताहरुको सक्रियता तथा जिल्लामा पार्टी सभापति देउवाप्रति यहाँका जनताले गरेको भरोसाका कारण पनि अहिलेको जित हात लागेको उनले बताए ।

नेपाली काँग्रेस डडेलधुराकी महासमिति सदस्य सरस्वती खड्काले नेपाली काँग्रेसकी नेतृ डा. आरजु राणा देउवाले सुदूरपश्चिमका महिला र त्यसमा पनि डडेलधुराका महिलामा गरेको लगानीको परिणाम अहिलेको स्थानीय तहको नतिजा हो भनिन् ।

खड्काले भनिन्, ‘डा. देउवाले यहाँका महिलाका घरेलु हिंसा तथा उनीहरुमा परेका अनेक समस्या बुझ्ने र तिनको समाधान गरी महिला सशक्तीकरणमा हरबखत आफैँ लाग्ने गर्नुहुन्छ । त्यस्तै पछिल्लो समय उहाँ सुदूरपश्चिममा नै खट्नुभयो र डडेलधुराका चुनावी सभाहरुलाई पनि सम्बोधन गर्नुभयो । यसका कारण पनि यहाँ हामीले राम्रो परिणाम हात पार्न सकेका हौँ ।’

गएको महाधिवेशनबाट जिल्लामा छानिएको नयाँ नेतृत्वको सक्रियता र सो नेतृत्वले पार्टीका नीति तथा कार्यक्रमहरु जनताको घरघरसम्म पुर्‍याउन सकेका कारण पनि यहाँको एक समूहले काँग्रेस पार्टी छोडेर अलग भए पनि यो निर्वाचनमा पार्टीले राम्रो परिणाम हात लागेको उनको धारणा छ ।

स्थानीय निर्वाचनको मतगणना जारी रहेका बेला नागरिकहरुले प्रधानमन्त्री देउवाको जिल्ला डडेलधुरा र प्रमुख प्रतिपक्षी दल एमालेका नेता केपी ओलीको जिल्ला झापाको परिणामप्रति चासो राखिरहेका छन् ।

प्रधानमन्त्रीको जिल्लामा उनले नेतृत्व गरेको दल नेपाली काँग्रेसले राम्रो नतिजा प्राप्त गरिसकेको छ भने उता झापाबाट भने परिणाम आइरहेका छन् ।

प्रतिक्रिया दिनुहोस