काठमाडौँका १० नगरपालिकामध्ये काँग्रेसले जित्यो तीन, थप ५ मा अग्रता « प्रशासन
Logo १८ बैशाख २०८१, मंगलबार
   

काठमाडौँका १० नगरपालिकामध्ये काँग्रेसले जित्यो तीन, थप ५ मा अग्रता


३ जेष्ठ २०७९, मंगलबार


काठमाडौँ । काठमाडौँका १० नगरपालिकामध्ये तीन वटा नगरपालिकाको मत परिणाम सार्वजनिक भएको छ।

जसमा काँग्रेसले तीनै नगरपालिकामा जित हात पारेको छ।

दक्षिणकाली नगरपालिकामा काँग्रेस मोहन बस्नेत विजयी भएका छन्। उनी यसअघि पनि निर्वाचित भएका थिए।

कीर्तिपुर र तारकेश्वरमा पनि काँग्रेसका उम्मेदवार विजयी भएका छन्। दुवै नगरपालिकामा एमालेले अघिल्लो पटक जित हात पारेकोमा काँग्रेसले नतिजा उल्टाएको हो।

कीर्तिपुरमा राजकुमार नकर्मी र तारकेश्वरमा कृष्णहरि महर्जनले निर्वाचित भएका छन्।

काठमाडौँका बाँकी सात नगरपालिकामध्ये पाँच नगरपालिकामा काँग्रेसले अग्रता लिइरहेको छ।

काँग्रेसले अग्रता लिइरहेको कागेश्वरी र टोखामा यसअघि एमाले विजयी भएको छ। गोकर्णेश्वर, चन्द्रागिरि र नागार्जुनमा अग्रता लिइरहेको काँग्रेसले यसअघि पनि मेयर जितेको थियो।

एमालेले भने एक नगरपालिकामा अग्रता लिएको छ। एमालले यसअघि जितेको बुढानीलकण्ठ नगरपालिकामा अग्रता लिइरहेको हो। यसअघि जितेका दुई नगरपालिका गुमाइसकेको एमाले तीन नगरपालिकामा पनि पछि परेको छ।

काठमाडौंमा राप्रपाले एक नगरपालिकामा अग्रता लिइरहेको छ। काँग्रेस र समाजवादीबिच गठबन्धन भएको शंखरापुरमा राप्रपाले अग्रता लिइरहेको छ।

Tags :
प्रतिक्रिया दिनुहोस