काठमाडौँ । नेपाली काँग्रेस काठमाडौँ जिल्ला सभापति सबुज बानियाँले एमालेले काठमाडौँ महानगरपालिकाको मेयरमा नौटङ्की आवरणका व्यक्तिलाई उम्मेदवार बनाएको बताएका छन् ।
आज (शुक्रबार) काठमाडौँमा आयोजित गठबन्धनको संयुक्त चुनावी सभालाई सम्बोधन गर्दै बानियाँले स्थापित कुरा सुन्दा मानसिक विचलन देखिने बताए ।
‘एमालेले महानगरपालिकामा नौटङ्की आवरणको उम्मेदवार बनाएको छ । आफूलाई धेरै गर्जन गर्न सक्ने, आफूमा धेरै क्षमता भएको उहाँ भन्नुहुन्छ । तर आफ्नो स्वार्थका लागि जस्तोसुकै बाटो पनि अवलम्बन गर्ने र राजनीतिक विचलन भएर कहाँ-कहाँ क्रियाकलाप अघि बढाउनु भयो रु त्यस्तो व्यक्तिलाई ल्याएर उम्मेदवार बनाएको छु बानियाँले भने, उहाँको कुरा सुन्दा मानसिक विचालन भइसकेको व्यक्ति हो कि जस्तो लाग्छ । सम्मान गर्नुपर्ने, महिला आमा दिदीबहिनीलाई ललकार्छन् । गालीगलौज गरिन्छ र अस्मितामाथि प्रहार गरिन्छ । उहाँलाई महिलासँग भोट माग्ने अधिकार छैन ।
महिला र दिदीबहिनीलाई मानवीय व्यवहार गर्न नसक्ने व्यक्तिलाई एमालेले उम्मेदवार बनाएको बानियाँले बताए ।







