इन्स्पेक्टर डा. आस्थालाई सेवाबाट हटाउने गृहको तयारी « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

इन्स्पेक्टर डा. आस्थालाई सेवाबाट हटाउने गृहको तयारी


२४ चैत्र २०७८, बिहिबार


काठमाडौँ । गृह मन्त्रालयले प्रहरी निरीक्षक डाक्टर आस्था श्रेष्ठलाई सेवाबाट हटाउने तयारी गरेको छ ।

उनी सशस्त्र प्रहरीको बलम्बुस्थित अस्पतालमा कार्यरत थिइन् ।

लामो समयदेखि कार्यालयमा अनुपस्थित रहेकोले उनीमाथि कारबाही गर्न लागिएको हो ।

उनी गत फागुन १२ देखि बिदा स्वीकृत नगराई अस्पतालमा अनुपस्थित भएकी थिइन् ।

पदीय जिम्मेवारी र आचरण विपरीत कार्य गरेको देखिएकोले भविष्यमा सरकारी सेवाका लागि अयोग्य नठहरिने गरी सेवाबाट हटाउने तयारी गरिएको हो।

सजाय गर्नु नपर्ने कुनै कारण भए पेस गर्न पनि मन्त्रालयले सार्वजनिक सूचना निकालेर सात दिनभित्र कारण खुलाउनसमेत समय दिएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस