इन्जिनियर मधेस प्रदेशको मतपत्र छानबिन गर्न माग गर्दै उजुरी दर्ता « प्रशासन
Logo २५ बैशाख २०८१, मंगलबार
   

इन्जिनियर मधेस प्रदेशको मतपत्र छानबिन गर्न माग गर्दै उजुरी दर्ता


१ चैत्र २०७८, मंगलबार


काठमाडौँ । नेपाल इन्जिनियर एसोसिएसनको मधेस प्रदेशको मतपत्र छानबिन गर्न माग गर्दै धनुषा प्रशासन कार्यालयमा उजुरी दर्ता गरेको छ ।

अध्यक्षको प्रत्याशी रहेका गौरी पण्डितसहित उनको प्यानलले प्रशासन कार्यालयमा उजुरी दर्ता गरेका हुन् । मतगणनाको क्रममा ७५ बढी मत शङ्कास्पद रहेको जनाउँदै छानबिन गर्न माग गरिएको छ।

असन्तुष्ट पक्षले मतगणना स्थलमा ताला लगाएको अध्यक्षका उम्मेदवार भने, ‘ हाम्रो पुरै प्यानलले अग्रता लिइरहेको थियो । सिडेनले फर्जी मतहरू प्रयोग गरेको देखिएको छ।’

शङ्कास्पद मतपत्रको छानबिन गरेर सत्य तथ्य बाहिर ल्याएपछि मात्रै मत गणना गर्न निवेदक पक्षले माग गरेको छ। पण्डितको प्यानलले स्वतन्त्र उम्मेदवारी दिएको छ। फागुन २७ मा सम्पन्न मतदान विवाद हुँदा नतिजा सार्वजनिक हुन सकेको छैन।

मधेस प्रदेश सहित केन्द्र र बागमती प्रदेशको मत परिणाम सार्वजनिक भएको छैन। अन्य पाँच प्रदेशमा काँग्रेस निकट इन्जिनियरहरूको संस्था सिडेन विजयी भएको छ।

Tags :
प्रतिक्रिया दिनुहोस