वाट्सएपमा चिठ्ठा परेको भन्दै एसएमएस गरेर साढे २९ लाख ठगी गर्ने व्यक्ती पक्राउ « प्रशासन
Logo १८ बैशाख २०८१, मंगलबार
   

वाट्सएपमा चिठ्ठा परेको भन्दै एसएमएस गरेर साढे २९ लाख ठगी गर्ने व्यक्ती पक्राउ


३० फाल्गुन २०७८, सोमबार


पक्राउ

काठमाडौँ । विदेशी नागरिकको नामबाट वाट्सएपमा चिठ्ठा परेको भन्दै एसएमएस गरेर ठगी गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा मण्दनदेउपुर नगरपालिका–४ काभ्रेपलान्चोकका ३८ वर्षीय गान्दिप गौतम छन् । उनले तपाईँलाई ९० लाखको चिठ्ठा पर्‍यो भन्दै पीडितलाई ठगेको प्रहरीले जनाएको छ ।

गौतमले चिठ्ठामा परेको रकम निकाल्न कर तिर्नुपर्छ भन्दै पीडितहरूबाट २९ लाख ४० हजार रुपैयाँ ठगी गरेको महानगरीय प्रहरी अपराध महाशाखाले जनाएको छ ।

सुरुमा एसएमएस गर्ने र पछि वाट्सएपमै कल गरेर ठगी गरेको आरोपमा उनलाई पक्राउ गरिएको हो ।

उनलाई थप अनुसन्धानका लागि महानगरीय प्रहरी परिसर काठमाडौँ पठाइएको महाशाखाले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस