काठमाडौँ । सेयर बजारको परिसूचक नेप्से २९ सय अङ्क नजिक पुगेको छ । आज (मंगलबार) १९.२९ अङ्क बढेसँगै परिसूचक २८९१ अङ्कमा पुगेको हो । परिसूचक मात्रै नभई कारोबार रकम बढेको छ ।
अघिल्लो दिन ५ अर्ब १५ करोडको कारोबार भएकोमा आज बढेर ६ अर्ब ५६ करोड पुगेको छ ।
बैङ्किङ ५, विकास बैङ्क ८१, फाइनान्स ३६, जलविद्युत १०९, लघुवित्त ४९, निर्जीवन बीमा ९१ र अन्य उपसमूह १ अङ्कले बढे ।
होटल तथा पर्यटन २, जीवन बीमा १३, व्यापार ५ तथा उत्पादन उपसमूह १३ अङ्कले घटे । १४८ कम्पनीको मूल्य बढ्दा ३६ को घट्यो भने ६ को स्थिर रह्यो ।
विन नेपाल लघुवित्त र बुद्धभूमि हाइड्रोपावरको मूल्य १० प्रतिशतले बढ्यो । नेसनल हाइड्रोपावर, अरुणभ्याली हाइड्रोपावर, अपी पावर, माथिल्लो तामाकोसी र जलविद्युत लगानी तथा विकास कम्पनी कारोबारका आधारमा क्रमश: अगाडि रहे ।