जिल्ला प्रशासन कार्यालय धनकुटामा अत्यावश्यक बाहेकका सबै सेवा बन्द « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

जिल्ला प्रशासन कार्यालय धनकुटामा अत्यावश्यक बाहेकका सबै सेवा बन्द


११ माघ २०७८, मंगलबार


धनकुटा। जिल्ला प्रशासन कार्यालय धनकुटाले माघ १८ गते सम्मका लागि कार्यालयबाट प्रदान गर्ने अत्यावश्यकबाहेकका सबै सेवा बन्द गरेको छ ।

कार्यालयमा कार्यरत केही कर्मचारीमा कोभिडको सङ्क्रमण देखिएको र अन्यलाई समेत मिल्दोजुल्दो लक्षण देखिएकाले १८ गतेसम्म नागरिकता, राहदानी,सङ्घ संस्था दर्ता नवीकरण, पेन्सन सम्बन्धी प्रमाणित तथा सिफारिसको काम नगर्ने जिल्ला प्रशासनले जनाएको छ ।

शान्ति सुरक्षा, मुद्दासम्बन्धी, विपत्, व्यवस्थापन, र अत्यावश्यक आन्तरिक प्रशासन काम भने सुचारु रहने प्रशासनले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस