सञ्चारमन्त्री कार्कीको पीसीआर रिपोर्ट नेगेटिभ « प्रशासन
Logo १८ बैशाख २०८१, मंगलबार
   

सञ्चारमन्त्री कार्कीको पीसीआर रिपोर्ट नेगेटिभ


२५ पुस २०७८, आइतबार


काठमाडौँ । सरकारका प्रवक्ता एवं सूचना तथा सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीको कोभिड १९ को पीसीआर रिपोर्ट नेगेटिभ देखिएको छ ।

उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठकमा सहभागी हुने क्रममा ‘कन्ट्याक्ट ट्रेसिङ’मा परेपछि सञ्चारमन्त्री कार्की होम आइसोलेसनमा बसेका छन् ।

पहिलो रिपोर्टमा कोभिड नेगेटिभ देखिए पनि आफू अझै केही दिन आइसोलेसनमै रहने मन्त्री कार्कीले बताएका छन् । उनले शुक्रबारसम्म सार्वजनिक भेटघाट नगर्ने जनाएका छन् ।

सम्बन्धित समाचार : सञ्चारमन्त्री कार्की पनि आइसोलेशनमा

Tags :
प्रतिक्रिया दिनुहोस