रेडियो नेपालमा ईञ्जिनियरसहित ३९ जनालाई जागिरको अवसर « प्रशासन
Logo १८ बैशाख २०८१, मंगलबार
   

रेडियो नेपालमा ईञ्जिनियरसहित ३९ जनालाई जागिरको अवसर


२६ कार्तिक २०७८, शुक्रबार


काठमाडौँ । रेडियो नेपालले ईञ्जिनियरलगायत विभिन्न पदमा आवेदन माग गरेको छ ।

आज (शुक्रबार) सूचना प्रकाशन गर्दै रेडियो प्रसार सेवा विकास समिति (रेडियो नेपाल) ले विभिन्न पदमा ३९ जना माग गर्दै आवेदन खुला गरेको हो ।

ईञ्जिनियरमा ३ जना माग गरिएको छ। सबैभन्दा धेरै प्राविधिक सहायक पदका लागि आवेदन खुलेको छ । १० जना प्राविधिक सहायक माग भएको छ ।

वरिष्ठ प्राविधिक सहायक ७ जना माग भएको छ । अन्य १९ जना भने विभिन्न पदका लागि छन् । लोक सेवा आयोगको सहमतिअनुसार खुला प्रतियोगितामार्फत् यी पदमा पदपूर्ति गर्न लागिएको हो ।

आजदेखि २१ दिनभित्र इच्छुकहरूले आवेदन दिन सक्नेछन् ।

यसबारे विस्तृत सूचना आजको गोरखापत्रमा प्रकाशित छ। रेडियो नेपालको वेबसाइटबाट आवेदन फारम डाउनलोड गर्न सकिन्छ ।

Tags :
प्रतिक्रिया दिनुहोस