३० बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

तुलसीपुरका एक व्यापारी बेपत्ता, खोजी गरिदिन माग

अ+ अ-

दाङ । तुलसीपुर उपमहानगरपालिका–५ बस्ने करिब ४० वर्षीय रत्नबहादुर वली बेपत्ता भएका छन् ।

मङ्गबार दिउँसो करिब ४ बजेदेखि बेपत्ता भएका वलीको हालसम्म कुनै पनि जानकारी नआएपछि उनका परिवार चिन्तित भएका छन् ।

परिवारले तुलसीपुर इलाका प्रहरी कार्यालयमा वली एकाएक बेपत्ता भएकाले खोजी गरिदिन माग गरेपछि प्रहरीले उनको खोजी तीव्र पारे पनि फेलापार्न नसकेको जनाएको छ । उनले प्रयोग गर्ने गरेको मोबाइल समेत बन्द रहेको र खोज तलासकै क्रममा उनले चलाउँदै आएको मोटरसाइकल भने घोराहीमा बेवारिसे अवस्थामा फेला पारेको इलाका प्रहरी प्रमुख लोकनाथ तिम्सिनाले जानकारी दिए ।

तुलसीपुरस्थित बसपार्कमा पेय पदार्थको व्यवसाय गर्दै आएका वली पछिल्लो समयमा जग्गा प्लटिङ, खरिद तथा बिक्री कार्यमा संलग्न थिए ।

यसैबीच राष्ट्रिय जनमोर्चाका जिल्ला अध्यक्ष रेशम विसीले एक विज्ञप्ति जारी गर्दै बेपत्ता भएका वलीको खोजी गरिदिन माग गरेका छन् । रासस

प्रतिक्रिया दिनुहोस