३० बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

क्स–रे मेसिन बिग्रदा बिरामी मर्कामा

अ+ अ-

महोत्तरी । महोत्तरीको सदरमुकाम जलेश्वरमा रहेको एक्स–रे मेसिन समयमै मर्मत हुन नसकेपछि सेवाग्राही प्रभावित भएका छन् ।

करिब पाँच महिनाअगाडि बिग्रिएको सो एक्स–रे मेसिन मर्मतका लागि सरोकारवालापक्षले समयमै ध्यान नदिएपछि उपचार गराउनका लागि आउने दैनिक सयौँ बिरामी मर्कामा परेका हुन् ।

३५ लाख मुल्य बराबरको सो एक्स–रे मेसिन मर्मतका लागि दुई–तीन लाख लाग्ने एक्स–रे फाँटका कर्मचारी बताउँछन् । अस्पताल र जिल्ला स्वास्थ्य कार्यालयलाई पटक पटक जानकारी र ताकेता गर्दासमेत मेसिन मर्मतमा खासै ध्यान नदिएको नाम नबताउने सर्तमा ती कर्मचारीले बताए ।

हाल सञ्चालनमा रहेको पुरानो मेसिनले हात, खुट्टा र छातीको साधारण एक्स–रे मात्र गर्न सक्ने भएकाले अधिकांश विशेष किसिमका एक्स–रे बाहिरबाट गराउनु पर्ने बाध्यता रहेको पेटको एक्स–रे गराउन जलेश्वर अस्पताल पुगेकी ममता भगतले बताइन् । उनले हजारौँ रुपैयाँ एक्स–रेकै मासिक कमाई आउँदा पनि अस्पतालले मेसिन मर्मत गराउन ध्यान नदिएको दुखेसो पोखिन् ।

जलेश्वर अस्पतालमा दैनिक सयौँ बिरामी आउने गरेकामा पचासभन्दा बढीको एक्स–रेकै जाँच रहने गरेकामा नयाँ मेसिन नहुँदा आधाभन्दा बढी बाहिर जानु परेको अवस्था रहेको छ । विगत पाँच महिना देखि बिग्रिएको सो एक्स–रे मेसिन १५–२० दिन भित्रमै मर्मत गरी सञ्चालनमा ल्याउने जिल्ला स्वास्थ्य कार्यालय प्रमुख तथा जलेश्वर अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा। नागेन्द्रप्रसाद यादवले बताए ।

वि।सं। २००३ मा त्रिचन्द्र अस्पतालको नामले ५० श्ययाको अञ्चल अस्पतालका रुपमा स्थापना भएकोमा राजनितिक चलखेलकै कारण हालको जलेश्वर अस्पताल ५० श्ययाबाट १५ श्ययामा झरेको हो । वि।सं। २०३३ तिर तत्कालीन गृहमन्त्री भोजराज घिमिरेले जलेश्वरस्थित अञ्चल अस्पताललाई जनकपुर स्थानान्तरण गरी अस्पताललाई १५ श्ययामा झारेपछि अस्पतालको अवस्था बिग्रदै गएको अस्पतालसम्बन्धी जानकारको भनाइ छ । रासस

प्रतिक्रिया दिनुहोस