भारतीय प्रधानमन्त्री मोदीले दाहाललाई भने– निर्वाचनमा भारतको सहयोग रहन्छ « प्रशासन
Logo २५ बैशाख २०८१, मंगलबार
   

भारतीय प्रधानमन्त्री मोदीले दाहाललाई भने– निर्वाचनमा भारतको सहयोग रहन्छ


प्रशासन संवाददाता

१२ बैशाख २०७४, मंगलबार


काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले प्रधानमन्त्री पुष्पकमल दाहाललाई टेलिफोन गरी नेपाल सरकारले घोषणा गरेको स्थानीय तहको निर्वाचन सम्पन्न गर्न भारत सरकारको सहयोग रहने बताएका छन् ।
मंगलबार दिउँसो भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले प्रधानमन्त्री दाहाललाई टेलिफोन गरी नेपाल सरकारले घोषणा गरेको स्थानीय तहको निर्वाचन सफलताको शुभकामना दिएका हुन् । टेलिफोनमा समकक्षी मोदीले सबै राजनीतिक शक्तिलाई मिलाएर निर्वाचनमा जानु प्रधानमन्त्री प्रचण्डको सफलता भएको बताउँदै निर्वाचन सम्पन्न गर्न भारत सरकारको पूर्ण सहयोग र सद्भाव रहने बताएका छन् । टेलिफोन बार्तामा प्रधानमन्त्री दाहालले निर्वाचनमा सहयोग रहने भारतीय समकक्षी मोदीको भनाईका लागि धन्यवाद दिँदै नेपाल सरकारले तोकिएकै मितिमा निर्वाचन सम्पन्न गरी संविधानको पूर्ण कार्यान्वयन गर्ने जानकारी दिएका प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस