नाइजेरियामा सेना द्वारा हालसम्मकै ठुलो परिमाणमा वन्यजन्तुका अङ्ग बरामद « प्रशासन
Logo १६ जेष्ठ २०८१, बुधबार
   

नाइजेरियामा सेना द्वारा हालसम्मकै ठुलो परिमाणमा वन्यजन्तुका अङ्ग बरामद


२२ श्रावण २०७८, शुक्रबार


नाइजेरिया। अफ्रिकी देश नाइजेरियामा सेनाले अहिलेसम्मकै ठुलो परिमाणमा वन्यजन्तुका अङ्ग बरामद गरेको छ ।

तस्करीको एक अखडामा सरकारी सेनाले छापा मारेको र यो कारबाही अहिलेसम्मकै ठुलो भएको सरकारी अधिकारीलाई जनाएको छ ।

१७ हजार एक सय ३७ किलो सालकको खपटा, ४४ किलो हात्तीको दाह्रा र ६० किलो नङ्ग्रा बरामद गरेको र यसको मूल्य ५४ मिलियन डलर बराबरको रहेको सेनाका कर्नेल मोहम्मद इब्राहिम अलीले जनाएको खबरमा उल्लेख छ ।

वन्यजन्तु र अङ्ग तस्करीमा संलग्न भएको आरोपमा तीन जना विदेशी यसअघि पक्राउ परिसकेका र आज चौथो व्यक्ति पनि पक्राउ परेका कर्नेल अलीले बताएका छन् ।

वन्यजन्तु विशेषज्ञहरुका अनुसार नाइजेरिया एसियालाई वन्यजन्तु र अङ्ग पठाउने गिरोहको केन्द्र बनेको छ । असुरक्षित सिमाना, कमजोर कानुन, भ्रष्टाचार र ठुला बन्दरगाहको पहुँचका कारण तस्करहरूका लागि नाइजेरिया सुरक्षित देश रहेको खबरमा उल्लेख छ ।

नाइजेरियाले बेलायत, अमेरिका, र जर्मन अधिकारी तथा अन्तर्राष्ट्रिय सङ्घ–संस्थासँग मिलेर तस्करविरुद्धको कारबाहीलाई तीव्रता दिएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस