२८ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

टोकियो ओलम्पिक : जुडोकी सोनिया पहिलो खेलमै पराजित

अ+ अ-

काठमाडौँ । टोकियो ओलम्पिकमा नेपालकी जुडो खेलाडी सोनिया भट्ट पहिलो खेलमै पराजित भएकी छिन् । शनिवार बिहान महिला ४८ केजी तौल समूहमा भएको प्रतिस्पर्धामा पहिलो चरणमै सोनिया रसियाकी इरिना डोल्गोभासँग पराजित भएकी हुन् ।

सोनिया र इरिनाबीच अन्तिम ३२ मा प्रतिस्पर्धा भएको थियो ।

आजै सुटिङ तर्फ भएको महिला १० मिटर एयर छनौट चरणमा नेपालकी कल्पना परियारले राष्ट्रिय कीर्तिमान बनाएकी छन् । कल्पनाले छनोट चरणमा ६१६.८ स्कोर बनाउँदै राष्ट्रिय कीर्तिमान बनाएकी हुन्। यसअघि १३ औँ दक्षिण एसियाली खेलकुदमा कल्पनाले ६१४.५ स्कोर बनाउँदै राष्ट्रिय कीर्तिमान कायम गरेकी थिइन्। कल्पना अन्तिम चरणमा भने छनोट हुन सकिनन्। छनोटबाट शीर्ष ८ खेलाडीले मात्र फाइनल खेल्नेछन्। उनी ५० जना खेलाडीमध्ये ४६ औँ स्थानमा रहिन्।

अब नेपालका पौडी खेलाडीद्वय गौरिका सिंहले महिला १०० सय फ्रिस्टाइल र एलेक्जान्डर ग्याडिगाड शाहले पुरुष १०० मिटर फ्रिस्टाइलमा प्रतिस्पर्धा गर्नेछन्। एलेक्सले २७ जुलाईमा र गौरिकाले २८ जुलाईमा प्रतिस्पर्धा गर्नेछन्। एलेक्सले हिट चरण पारे २८ जुलाईमा अर्को चरणमा भिड्नेछ। उनी सहभागी इभेन्टको पदकको टुङ्गो २९ जुलाईमा लाग्नेछन्। यस्तै गौरिका सहभागी एभेन्टमा २९ र ३० जुलाई अर्को चरणमा प्रतिस्पर्धा हुनेछ।

यसैगरी एथलेटिक्स खेलाडी सरस्वती चौधरीले महिला सय मिटर दौडमा ३० जुलाईमा प्रतिस्पर्धा गर्नेछिन्।

नेपालबाट ओलम्पिक खेलमा ४ खेलका लागि ५ खेलाडी सहभागी छन् । ३२ औँ ग्रीष्मकालीन ओलम्पिक खेलको औपचारिक उद्घाटन २३ जुलाई मा भएको हो ।

प्रतिक्रिया दिनुहोस