२१ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

स्थानीय तहको निर्वाचन भएरै छाड्ने कांग्रेस सभापति देउवाको भनाइ

अ+ अ-

दमक । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले मुलुक निर्वाचनमय भएकाले अब कुनै पनि हालतमा स्थानीय तहको निर्वाचन नरोकिने बताएका छन् ।

नेपाली काँग्रेसले झापाको कमल गाउँपालिकास्थित आदिवासी रङ्गशालामा आयोजना गरेको निर्वाचन लक्षित १ नम्बर प्रादेशिक सभालाई सम्बोधन गर्दै सभापति देउवाले आन्दोलनरत मधेसवादी दललाई समेत समेटेर संविधान कार्यान्वयन गर्न निर्वाचन हुने विश्वास दिलाए ।

सभापति देउवाले वर्तमान सरकारले संसदमा पुनः संविधान संशोधनको प्रस्ताव दर्ता गरेर मधेसका भावनालाई समेट्न चाहेको र त्यसलाई मधेसवादी दल र एमालेले समेत सहयोग गरेर निर्वाचनको माहोल थप बनाउनुपर्नेमा जोड दिए ।

घोषित मितिमा नै निर्वाचन हुने उल्लेख गर्दै सभापति देउवाले दुई दशक जनप्रतिनिधिविहीन स्थानीय तहमा जनताको प्रतिनिधि चुन्ने अवसरलाई सदुपयोग गरेर जानु नै सबैको राष्ट्रिय दायित्व भएको जोड दिए ।

नेता रामचन्द्र पौडेलले जनताका सबैखाले हकअधिकारलाई संस्थागत गर्न निर्वाचनबाट संविधान कार्यान्वयन हुने भएकाले निर्वाचनमा सबैको सहभागिता हुनुपर्छ भने ।

महामन्त्री शशाङ्क कोइरालाले मधेसवादी दललाई समेटेर गएमात्र निर्वाचनले सार्थकता पाउने भन्दै त्यसका लागि दलीय सहमति निर्माण गर्न ढिलाइ गर्न नहुने बताए ।

नेता कृष्णप्रसाद सिटौलाले वैशाख ३१ मा नै स्थानीय तहको निर्वाचन सम्पन्न भएपछि मुलुकले आर्थिक, सामाजिक प्रगति हासिल गर्ने बताए ।

उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधिले २०७४ माघ ७ गतेभित्रमा तीनवटै तहको निर्वाचन गराउनु वर्तमान सरकारको प्रमुख कार्यभार भएको जोड दिए ।

कार्यक्रममा काँग्रेस केन्द्रीय सदस्यहरू शेखर कोइराला, मीन विश्वकर्मा, भीष्मराज आङदम्बे, नेवि सङ्घका सभापति नैनसिंह महर, तरुण दलका सभापति जीतजङ बस्नेत, महिला सङ्घकी सभापति उमा रेग्मी, प्रदेश १ का १४ वटै जिल्ला सभापतिलगायतले स्थानीय तहको निर्वाचनमा पार्टीलाई विजयी बनाउन कार्यकर्तालाई आग्रह गरे ।

सोही अवसरमा विभिन्न जिल्लाबाट अन्य पार्टी परित्याग गरी नेपाली काँग्रेसमा प्रवेश गरेका नेता, कार्यकर्तालाई स्वागत गरिएको थियो । रासस

प्रतिक्रिया दिनुहोस