२० बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

अविरल वर्षाले बालीमा डेढ करोड क्षति

अ+ अ-

मनाङ । हिमाली जिल्ला मनाङको नार्पाभूमि गाउँपालिकामा निरन्तरको वर्षाले बालीमा डेढ करोडको क्षति पुर्‍याएको छ । गत जेठ ३१ गतेदेखि परेको वर्षाका कारण गाउँपालिकाको पाँच वटै वडाको बालीमा क्षति पुर्‍याएको हो ।

निरन्तरको वर्षाले बालीमा डेढ करोड रकम बराबरको क्षति पुर्‍याएको नार्पाभूमि गाउँपालिकाका अध्यक्ष मिङ्मा छिरिङ लामाले बताए । उनले भने, ‘गत जेठ ३१ गतेदेखि परेको अविरल वर्षाले नार्पाका बालीमा डेढ करोडको क्षति पुर्‍याएको छ । बाली लगाएको ठाउँमा सबै पानी जलमग्न भएको छ । खेत सबै भत्किएका छन् । निर्वाहमुखी र स्थानीय व्यावसायिक रूपमा खेती लगाएका किसानको बाली निरन्तरको वर्षाले नष्ट गरिदिएको हो ।’

गाउँपालिकाको पाँच वडामध्ये सबैभन्दा नार्पाभूमि गाउँपालिका–१ नारमा अहिलेको वर्षाले बालीमा ठूलो क्षति पुर्‍याएको उनले जाकारी दिए । उनी भन्छन्, ‘नार्पाको वडा नम्बर १ नारमा यो वर्षाले किसानले लगाएका कोरु, आलु र तोरी बर्वाद बनाएको छ । चक्लाबन्दी गरेर लगाएका सो बाली पानीको मात्रा अत्याधिक भएर कतै कुहिएको छ, त कतै खेत भत्किएर पुरिएको छ ।’

उनले भने, ‘हिमाली भेग नार्पाभूमीको मुख्य बाली भनेको कोरु हो । यहाँ कोरु राम्रोसँग उत्पादन हुन्छ । यो बाली जौँ जस्तै हो । यहाँका नागरिक धेरै जसो कोरुमा नै निर्भर हुन्छ तर लगातारको वर्षाका कारण कोरु बालीमा नै ठूलो क्षति पुर्‍यायो । उक्त बालीमा क्षति पुग्दा यहाँका किसान निराश भएका छन् ।’ नार्पामा कोरु, आलु र तोरीलगायत तरकारी खेतीमा क्षति पुगेको छ ।

प्रतिक्रिया दिनुहोस