३१ बैशाख २०८२, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

देशभर थप १६०३ जनामा कोरोना पुष्टि, २७ जनाको मृत्यु

अ+ अ-

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ६०३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

आइतबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. कृष्ण प्रसाद पौडेलले दिएको जानकारीका अनुसार थप एक हजार ६०३ जनामा संक्रमण पुष्टि भएको हो।

आठ हजार १ सय ३२ जनाको कोरोना भाइरसको परीक्षण गराउँदा उक्त संख्यामा संक्रमित थपिएका हुन्।

प्रवक्ता पौडेलका अनुसार पिसिआर विधिबाट ४८७६ जनाको परीक्षण गरिएको थियो। एन्टिनेजबाट ३२५६ जनाको परीक्षण गरिएको थियो।

पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणबाट २७ जनाले ज्यान गुमाएका छन्। त्यसैगरी सहेही अवधीमा नेपालमा २ हजार ५५२ जना कोरोनाबाट निको भएका छन्

त्यस्तै, काठमाडौँ उपत्यकामा थप चार सय ६१ जना संक्रमित थपिएका छन्। जसमध्ये काठमाडौँमा ३ सय ४२, ललितपुरमा ८८ जना र भक्तपुरमा ३१ जना संक्रमित थपिएका हुन्।

प्रतिक्रिया दिनुहोस